नेभिगेशन
अर्थतन्त्र

एजेन्सी म्यानेजरलाई अन्डरराइटरको हिस्सा बनाउँदै हिमालयन लाइफ

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले कम्पनीमा कार्यरत एजेन्सी म्यानेजरहरूलाई अनलाइन माध्यमबाट बीमा प्रस्ताव पेस गर्न कम्पनीको सफ्टवेयर सिस्टममा पहुँच दिने भएको छ । एजेन्सी म्यानेजरले घर वा कार्यालयमा बसेर बीमा प्रस्ताव कम्पनीमा पेस गर्न सहज बनाउने उद्देश्यले कम्पनीले यस प्रकारको पहुँच दिएको हो ।
एजेन्सी म्यानेजरहरूले सफ्टवेयर सिस्टममा रहेको एजेन्सी पोर्टल प्रयोग गरी आफूले गरेको बीमा प्रस्ताव स्वीकृतिका लागि कम्पनीमा पेस गर्न सक्ने व्यवस्था मिलाएको छ । उनीहरूले बीमा प्रस्तावका लागि तोकिएका कागजात तथा विवरणहरू एजेन्सी पोर्टलमा पेस गरेपछि कम्पनीले अनलाइन माध्यमबाट अन्डरराइटिङ गर्ने र आवश्यक प्रक्रिया पूरा भएमा बीमा प्रस्ताव स्वीकृत गरिने प्रबन्ध गरिएको छ । 
एजेन्सी म्यानेजरलाई दिइएको यो सुविधाले बीमा प्रस्ताव स्वीकृत गर्न कम्पनीमा पुग्नै नपर्ने र घर वा एजेन्सीको कार्यालयमा बसेर काम गर्न सकिने अवस्था बनेको छ । कम्पनीले एजेन्सी म्यानेजरलाई दिएको सुविधाको कारण बीमा प्रस्ताव स्वीकृति छिटोछरितो र सहज हुने प्रमुख कार्यकारी अधिकृत कपिलकुमार दाहालले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्