नेभिगेशन
अर्थतन्त्र

सीजीका आठ अत्याधुनिक विद्युतीय चुलो बजारमा

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले आठ थरीका  अत्याधुनिक विद्युतीय कुकटप (चुलो) नेपाली बजारमा सार्वजनिक गरेको छ । स्वदेशी विद्युत् खपतलाई प्रोत्साहन गर्दै ग्यासमाथिको निर्भरता घटाउने उद्देश्यका साथ कम्पनीले इलेक्ट्रिक चुलाहरू बजारमा ल्याएको हो ।
कम्पनीका अनुसार उपभोक्ताको आवश्यकता र भान्सामा प्रयोग हुने विभिन्न प्रकारका भाँडाकुँडालाई ध्यानमा राख्दै तीन विधामा कुकटप मोडलहरू सार्वजनिक गरिएको छ । यसअन्तर्गत ५ वटा इन्डक्सन कुकटप मोडल, दुई वटा इन्फ्रारेड कुकटप मोडल र एउटा  हाइब्रिड कुकटप मोडल  छ । 
इन्डक्सन कुकटप मोडलहरू छिटो खाना पकाउन र ऊर्जा बचतका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ । इन्फ्रारेड कुकटपको मुख्य विशेषता भनेको यसमा जस्तोसुकै धातुका भाँडाहरू प्रयोग गर्न सकिने सुविधा हो । स्टिल, आल्मुनियम, तामा, पित्तल वा माटोका भाँडाहरू पनि यसमा सहजरूपमा प्रयोग गर्न सकिन्छ ।
हाइब्रिड कुकटपमा भने इन्डक्सन र इन्फ्रारेड दुवै प्रविधि एउटै उपकरणमा उपलब्ध गराइएको छ, जसले आधुनिक भान्साका लागि थप सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ ।
यी कुकटपहरूमा उच्च गुणस्तरको आईजीबीटी प्रविधि प्रयोग गरिएको छ, जसले भोल्टेजको उतारचढावलाई सन्तुलनमा राख्दै उपकरणको टिकाउपन बढाउने बताइएको छ । साथै, हाइ–ग्रेड क्रिस्टल ग्लास प्रयोग गरिएको हुँदा उपकरण बलियो र ताप–प्रतिरोधी हुनुका साथै भान्सालाई आकर्षक लुक प्रदान गर्छ ।
उपकरणमा टच तथा पुश बटन डिजिटल प्यानल उपलब्ध गराइएको छ भने बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै चाइल्ड लक सुविधा पनि राखिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सबै कुकटप मोडलहरूमा १२ महिनाको उत्पादन वारेन्टी उपलब्ध हुनेछ । यस्तै, कुकटपको सिसामा समस्या आएमा वा फुटेमा २ वर्षको विशेष वारेन्टी प्रदान गरिने व्यवस्था गरिएको छ । ४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा सक्रिय रहेको सीजी इलेक्ट्रोनिक्सका देशभर २१ वटा शोरूम र ४० वटा सेवा केन्द्र छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्