नेभिगेशन
अर्थतन्त्र

पेट्रोलमा १५ रुपैयाँ महँगियो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । पेट्रोलमा प्रतिलिटर १५, डिजेल र मट्टितेलमा १०–१० रुपैयाँ बढाएको हो । निगमले आइतबार विज्ञप्ति जारी गर्दै इन्डियन आयल कर्पोरेसनले पठाएको सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको जनाएको हो ।
कर्पोरेसनबाट आएको मूल्यअनुसार समायोजन गर्दा पेट्रोलमा ३१, डिजेलमा ५४ तथा एलपी ग्यासमा २१६ रुपैयाँ बढेर आए पनि मूल्य स्थिरीकरण कोषबाट बेहोर्नेगरी पेट्रोलमा १५ तथा डिजेल र मट्टितेलमा १०–१० रुपैयाँमात्र वृद्धि गरिएको निगमले उल्लेख गरेको छ ।
पश्चिम एसियामा जारी युद्धका कारण पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित भई मूल्यवृद्धि भएको निगमको विज्ञप्तिमा उल्लेख छ । हालको मूल्यवृद्धिपछि पनि १५ दिनमा करिब ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुने निगमले प्रस्ट्याएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्