नेभिगेशन
अर्थतन्त्र

एभरेष्ट बैंकद्वारा २०८३ सालको क्यालेन्डर अनावरण

काठमाडौं । एभरेष्ट बैंकले नेपालको धर्म, संस्कृति, पर्यटन तथा पुराताŒिवक महŒवका विषयवस्तुहरूलाई समेटेर कर्पोरेट क्यालेन्डर प्रकाशन गरेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको २०८३ सालको क्यालेन्डरमा उन्नाइसौं शताब्दीको मध्यदेखि सुरु भएको र महादेशीय दृष्टिकोणले समेत महŒवपूर्ण मानिने ‘नेपालको विकास यात्रा ः नवप्रवर्तनका आयामहरू’लाई मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ ।
एक विशेष समारोहका बीच बैंकको सञ्चालक समितिका अध्यक्ष डा बालगोपाल वैद्यले २०८३ सालको क्यालेन्डर अनावरण गरेका छन् । समारोहमा बैंकका सञ्चालकहरूलगायत अन्य उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।
एभरेष्ट बैंकका हाल करिब १४ लाख ग्राहक छन्, भने देशभर १३३ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरू र १६३ वटा एटीएम सञ्चालनमा छन् । विश्वव्यापी नेटवर्कमार्फत अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३३ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्