नेभिगेशन
अर्थतन्त्र

इस्पाइक्स एसिया २०२६ मा माउन्टेन ड्युले जित्यो चार अवार्ड

काठमाडौं । माउन्टेन ड्युले पिक्स अफ करेज अभियानमार्फत ठूलो उपलब्धि हासिल गर्दै इस्पाइक्स एसिया २०२६ मा चार प्रतिष्ठित अवार्ड जितेको छ । कम्पनीले एक्टिभेसन श्रेणीमा ग्रान्ड प्रिक्स, इन्नोभेसनमा सिल्भर र क्रिएटिभ डेटा तथा ब्रान्ड एक्सपेरियन्समा ब्रोन्ज अवार्ड समावेश छन् ।
नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सुरु गरिएको यो अभियान डिस्कभरी च्यानलमार्फत विश्वव्यापीरूपमा प्रवर्धन गरिएको थियो । नेपालमै सुरु भएको ब्रान्ड अभियानले अन्तर्राष्ट्रिय स्तरमा यस्तो पहिचान पाउनु महŒवपूर्ण उपलब्धि मानिएको छ । अभियानले क्यूआर प्रविधि, डिजिटल प्लेटफर्म र डेयर स्टोर जस्ता नवप्रवर्तनमार्फत एभरेष्ट बाहेकका हिमालहरूको सम्भावना उजागर गर्दै नेपालको पर्वतारोहण कथालाई नयाँ ढंगले प्रस्तुत गरेको छ ।
सन् २०२५ मा सुरु भएको यस अभियानले टिभी, डिजिटल र इन्फ्लुएन्सर प्लेटफर्ममार्फत करिब २ करोड मानिससम्म रिच पु¥याएको छ । साथै, करिब ४ लाख माइक्रोसाइट अन्तत्र्रिmयामार्फत प्रयोगकर्तालाई वास्तविक अभियान योजनातर्फ आकर्षित गरेको छ । अभियानले १ सयभन्दा बढी एभरेष्टबाहेकका अभियानहरूलाई प्रोत्साहन दिएको छ भने २ हजारभन्दा बढी मौसमी रोजगारीका अवसर सिर्जना गर्दै स्थानीय समुदायको जीविकोपार्जनमा योगदान पु¥याएको छ ।
पेप्सिको एरिया कन्ट्रिजका बेभरेज ब्रान्ड लिड नाफिसा नवाल खान चौधरीले पिक्स करेज अभियानले माउन्टेन ड्युको निडर भावनालाई झल्काउँदै प्रविधि, संस्कृति र साहसलाई एकसाथ जोडेको बताए । यस अभियानको फिल्मले विश्वभरका पर्वतारोहीहरूलाई प्रेरित गरिरहेको छ भने नेपालका शेर्पा तथा स्थानीय समुदायहरूको दिगो विकासमा समेत सहयोग पु¥याइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्