नेभिगेशन
अर्थतन्त्र

रमेश कर्पकोे छैटौं संस्थापक दिवस सम्पन्न

काठमाडौं । रमेश कर्पले काठमाडौंको गोदावरी भिलेज रिसोर्टमा रंगीन र उत्साहपूर्ण कार्यक्रम आयोजना गरी छैटौं संस्थापक दिवस मनाएको छ । ‘सधैं सँगै, हरेक पलमा’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमले कर्मचारी र व्यवस्थापनबीच एकता, कृतज्ञता र साझा लक्ष्यको अनुभूति सिर्जना गराएको थियो ।
कार्यक्रमलाई जीवन्त र यादगार बनाउनलाई कार्यक्रम अवधिभर खेलकुद, सांगीतिक प्रस्तुति, मनोरञ्जन र स्वादिष्ट परिकारका स्टल राखिएको थियो । यो कार्यक्रमले रमेश कर्प परिवारका सदस्यबीच सहकार्य र सम्बन्ध बलियो बनाउने अवसर प्रदान गरेको छ ।
स्वर्गीय अध्यक्ष इमेरिटस रमेश गुप्ताको जन्मजयन्तीका दिन हरेक वर्ष चैत ६ मा रमेश कर्पमा संस्थापक दिवस मनाइन्छ । कार्यक्रममा कर्मचारीको समर्पण, नेतृत्व र योगदानको सम्मान गरिएको छ । फाउन्डर लोएल्टी अवार्ड, रमेश गुप्ता भिजनरी लिडरसिप अवार्ड, रमेश गुप्ता राइजिङ लिडर अवार्ड, फाउन्डर्स स्टार प्रफर्मर अवार्ड, राइजिङ स्टार अवार्ड र एकस्लिेन्स इन लिडरसिप अवार्ड प्रदान गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्