नेभिगेशन
अर्थतन्त्र

नेप्से लगातार उकालो

काठमाडौँ । नेपाल एक्सचेन्ज स्टक (नेप्से) परिसूचक यो साता तिन दिन लगातार उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार सामान्य बढेको नेप्से दोस्रो कारोबार दिन सोमबार २६ अंकले घटेको थियो भने त्यसपछि तेस्रो दिनदेखि लगातार बढकोे हो । 
नेप्से परिसूचक साताको पहिलो कारोबार दिन आइतबार ४.४५ अंकले बढेर २८२४.९०विन्दुमा पुगेको थियो । आइतबार सूचक बढे पनि कारोबार रकम भने घट्यो । गत साता बिहीबार १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार रुपैयाँबराबरको ४ करोड १६ लाख ८६ हजार कित्ता शेयर किनबेच भएको बजारमा आइतबार १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार रुपैयाँबराबरको ३ करोड ९५ लाख ४९ हजार कित्ता शेयर खरिद–बिक्री भयो ।
यसदिन नेप्सेमा सूचीकृतमध्ये ९ समूह बढेका छन् भने ४ समूह घटे । सबैभन्दा धेरै व्यापार समूह २.८३ प्रतिशतले बढ्यो । कूल १२५ कम्पनीको शेयर मूल्य बढ्दा १३० वटाको घट्यो भने ९ वटाको शेयर मूल्य स्थिर रह्यो । आइतबार सोलु हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढ्यो । त्यस्तै सालापा विकास बंैक ९.९९, होटल फरेष्ट इन ९.९३, ग्रीन लाइफ हाइड्रोपावर ९.५३ र अभियान लघुवित्त वित्तीय संस्था ५.३१ प्रतिशतले बढ्यो ।
सोमबार भने नेप्से उच्च अंकले घट्यो । सोमबार नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ अंकमा ओरालो लाग्यो । बजार घट्दा पनि पाँचवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । उत्पादनमूलकबाहेक सबै समूह राताम्य बने पनि बाँकी सबै समूह घटेपछि समग्र बजार परिसूचक ओरालो लागेको थियो । 
सोमबार सूचकसँगै कारोबार रकम पनि घट्यो । आइतबार १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार रुपैयाँबराबरको ३ करोड ९५ लाख ४९ हजार कित्ता शेयर खरिद–बिक्री भएको बजारमा सोमबार ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रुपैयाँबराबरको ३ करोड ७ लाख ९० हजार कित्ता शेयर कारोबार भयो । नेप्सेमा सूचीकृत समूहमध्ये १२ समूह घटेका छन् भने उत्पादनमूलक समूह ०.२५ प्रतिशतले बढ्यो । सबैभन्दा धेरै बैंकिङ समूह १.६१ प्रतिशतले घटे । ४८ कम्पनीको शेयर मूल्य बढ्दा २११ वटाको घट्यो भने ४ वटाको शेयर मूल्य स्थिर रह्यो । सालापा विकास बंैक, रिलायन्स स्पिनिङ मिल्स, अपर हेवाखोला हाइड्रोपावर र सोलु हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको थियो । होटल फरेष्ट इन ९.९३ प्रतिशतले बढ्यो । 
नेप्से मंगलबार पनि बढ्यो । नेप्से परिसूचक मंगलबार १३.५१ अंकले बढेर २८१२.३४ अंकमा उक्लिएको थियो । मंगलबार ३४० कम्पनीको तीन करोड ४८ लाख ५२ हजार ७६० कित्ता शेयर एक लाख ६ हजार १४० पटक खरिद–बिक्री हुँदा १२ अर्ब तीन करोड ४४ लाख ६ हजार ३२८ रुपैयाँ बराबरको कारोबार भएको थियो । 
मंगलबारको कारोबारमा बैंकिङ ०.८४, विकास बैंक ०.६४, जलविद्युत् १.५९, लगानी ०.६१, उत्पादन तथा प्रशोधन ०.२९ र म्युचुअल फन्ड ०.३६ प्रतिशले बढेको थियो भने अरू सबै समूह घटे । रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । 
बिहिबार नेप्से परिसूचक ६४.६९ अंकले बढेर २८७७.०३ अंकमा उक्लिएको छ । बिहीबार बजार खुलेदेखि निरन्तर उकालो लागेको थियो । 
बिहीबार २४० कम्पनीको शेयर मूल्य बढ्दा २२ कम्पनीको घट्यो र २ कम्पनी स्थिर रहे । ३४२ कम्पनीको पाँच करोड ६९ लाख २० हजार ६०८ कित्ता शेयर एक लाख ९१ हजार २५१ पटक खरिदबिक्री हुँदा २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८८६ रुपैयाँको कारोबार भएको छ ।
बिहिबार सूचकसँगै कारोबार रकम पनि बढ्यो । मंगलबार १२ अर्ब तीन करोड ४४ लाख ६ हजार ३२८ रुपैयाँबराबरको कारोबार भएको बजारमा बिहीबार २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८८६ रुपैयाँ पुगेको हो । सबै समूहका सूचक बढेका छन् । विकास बैंक समूह सबैभन्दा बढी ३.९५ प्रतिशतले बढेको छ । बैंकिङ ३.१६, फाइनान्स १.९४, होटल तथा पर्यटन १.७५, हाइड्रोपावर २.३०, लगानी १.७७, जीवन बीमा २.७६, उत्पादन तथा प्रशोधन १.८९, माइक्रोफाइनान्स १.२४, निर्जीवन बीमा १.८०, अन्य १.९७ र व्यापार समूह ०.१४ प्रतिशतले बढेका छन् । कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्