नेभिगेशन
अर्थतन्त्र

शेयरबजार बढ्दै, आठ महिनायताकै उच्च कारोबार

परिसूचक ५४ अंकले बढेर २९३१.५५ विन्दुमा,  कारोबार रकम २३ अर्बमाथि

काठमाडौँ । लामो राजनीतिक खिचातानीपछि मुलुक स्थिर सरकार गठन हुने संघारमा छ । यसले पुँजीबजारका लगानीकर्ता आशावादी देखिएका छन् । आइतबारको बजार कारोबारले यस्तो देखाएको हो । बजार परिसूचक ५४ अंकले बढ्दै आठ महिनायताकै उच्च कारोबार भएको छ । लगानीकर्ता लघुवित्तको शेयरमा आकर्षित देखिएका छन् ।
गत बिहीबार ६४.६९ अंकले बढेको शेयरबजार आइतबार ५४.५१ अंकले बढेर २९३१.५५ विन्दुमा उक्लिएको हो । सूचकसँगै कारोबार रकम पनि बढेको छ । गत बिहीबार २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८८६ रुपैयाँ बराबरको कारोबार भएको बजारमा आइतबार २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार रुपैयाँबराबरको ६ करोड १४ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । 
नेप्सेमा सूचीकृतमध्ये १२ उपसमूह बढेका छन् । व्यापार उपसमूह ०.११ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै लघुवित्त समूह ४.२१ प्रतिशतले बढेको छ । त्यस्तै अन्य १.७१, निर्जीवन विमा २.७२, म्युचुअल फण्ड १.२४, उत्पादन तथा प्रशोधन १.९३, जीवन बीमा २.००, लगानी ०.७७,जलविद्युत ०.३३, होटल तथा पर्यटन ३.०५, वित्त २.१३, विकास बंैक २.४६ र बंैकिङ समूह २.४९ प्रतिशतले बढेको छ ।
बजारमा १८३ कम्पनीको शेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा छन् । पाँच वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बंैक, सालपा विकास बंैक, रिलायन्स स्पिनिङ मिल्स, अभियान लघुवित्त वित्तीय संस्था, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ । होटल फरेष्ट इन ९.९८, विजय लघुवित्त ९.९५ र एनआईसी एसिया लघुवित्त ९.१८ प्रतिशतले सर्किट स्तरमा बढेका छन् । 
७३ कम्पनीको शेयरमूल्य घटेको छ भने ८ वटाको स्थिर छ । सुपरमादी हाइड्रोपावर ३.१५, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज २.९६,पिपुल्स हाइड्रोपावर २.६४, घलेम्दी हाइड्रो २.६१ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा आइतबार कुमारी बंैक शीर्ष स्थानमा छ । उक्त बैंकको ८५ करोड ९६ लाख १५ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यस्तै नेशनल हाइड्रोपावर ७७ करोड ८७ लाख ७३ हजार, शिवम् सिमेन्ट्स ७५ करोड २६ लाख ७० हजार, ङादी ग्रुप पावर ७२ करोड ९८ लाख ४२ हजार र हिमाल दोलखा हाइड्रोपावर ७१ करोड ४ लाख ६१ हजार रुपैयाँबराबरकोे शेयर किनबेच भएको छ ।

यस्ता छन् सर्किट लागेका कम्पनी
साताको पहिलो दिन शेयरमूल्य बढेर पोजेटिभ सर्किट लाग्ने कम्पनीको सूचीमा रहेका कर्पोरेट डेभलपमेन्ट बैंक र अभियान लघुवित्तबाहेकका  कम्पनी नयाँ हुन् । आईपीओ ल्याएर हालै दोस्रो बजार कारोबारमा आएका कम्पनीको शेयरमा लगातार पोजेटिभ सर्किट लागेको छ ।  
सालपाले आईपीओ ल्याएर दोस्रो बजारमा सूचीकृत भएयता लगातार  पोजेटिभ सर्किट लागेको छ । ३०० रुपैयाँ प्रति कित्ताबाट सुरु भएको शेयरमूल्य अहिले १५२७ रुपैयाँ पुगिसकेको छ । दोस्रो बजारमा कारोबारमा आउने शेयर परिमाण थौरै भएकाले उच्च मागका कारण भाउ लगातार उच्च भइरहेको हो । 
यस्तै, बुक बिल्डिङ विधिमार्फत आईपीओ बिक्री गरेको रिलायन्स स्पिनिङ मिल्सको शेयरमा लगातार पोजेटिभ सर्किट लारेको छ । कम्पनीको आइपीओ दोस्रो बजारमा थोरै लगानीकर्ताको हातमा छ । जसले गर्दा  माग उच्च आपूर्ति कम हुँदा सर्किट लागिरहेको हो । रिलायन्सको शेयरमूल्य प्रति कित्ता १३७५ रुपैयाँ पुगेको छ । 
सोलु हाइड्रोपावर पनि आईपीओ ल्याएर भर्खरै दोस्रो बजार कारोबारमा आएको हो । ३०० रुपैयाँमा सुरु भाउ ४८३ रुपैयाँ पुगेको छ । यस्तै होटल फरेस्ट इनको शेयर पनि दोस्रो बजारमा आएयता लगातार बढेको छ । 
आइतबारदेखि दोस्रो बजार कारोबारमा आएको भुजुङ हाइड्रोपावरको शेयरमा पनि सर्किट लागेको छ । बढेकामध्ये कर्पोरेट डेभलपमेन्ट बैंक नयाँ होइन । यसले लगानीकर्तालाई प्रतिफल नदिँदा पनि शेयर मूल्य पोजेटिभ सर्किट लाग्दै प्रति कित्ता २१५६ रुपैयाँ पुगेको छ । यस्तै लाभांश नदिनेमा पर्छ अभियान लघुवित्त, जसको शेयरमा सर्किट लागेर भाउ उचालिएको छ । अभियानको शेयर प्रति कित्ता १२०७ रुपैयाँ ८० पैसा पुगेको छ । 
पोजेटिभ सर्किट लागेका कम्पनी 
कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बंैक, रिलायन्स स्पिनिङ मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर 

उच्च कारोबार भएका ५ कम्पनी 
कुमारी बैंक ८५ करोड ९६ लाख, नेशनल हाइड्रोपावर ७७ करोड ८७ लाख, शिवम् सिमेन्ट्स ७५ करोड २६ लाख, ङादी ग्रुप पावर ७२ करोड ९८ लाख र हिमाल दोलखा हाइड्रोपावर ७१ करोड ४ लाख 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्