नेभिगेशन
उपत्यका

डिजिटल हिंसापछि साइबर ब्यूरोमा अमिसाको उजुरी

काठमाडौं । डिजिटल हिंसामा परेकी भक्तपुरकी अमिसा पराजुलीले बुधबार साइबर ब्यूरोमा उजुरी दिएकी छन् । उनको उजुरी आएको साइबर ब्यूरोका प्रवक्ता दिलीप गिरीले पुष्टि गरे ।  
एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेपछि कार्यकर्ताहरुद्वारा रिहाइका लागि प्रदर्शन भइरहेको थियो । पराजुली पनि प्रदर्शनमा सामेल थिइन । प्रदर्शनका क्रमको उनको सामाजिक सञ्जालको पोस्टमा निकै अशोभनीय कमेन्टहरु आए । आफूले दिएको अभिव्यक्तिलाई लिएर धाकधम्की आएपछि उनले उजुरी दिएकी हुन् । प्रदर्शनका क्रमको सामाजिक सञ्जालको पोस्टमा गालीगलौच र धम्की दिइएको उनको उजुरीमा उल्लेख छ । 
उनलाई व्यक्तिगत रुपमा गालीगलौजदेखि हिंसाजन्य अभिव्यक्ति सामाजिक सञ्जालमा आएका छन् । त्यसरी आफूमाथि हिंसा गर्नेहरुलाई कानुनी दायरामा ल्याउन आफूले उजुरी दिएको उनले बताइन् । आफूले बोलेको विषयलाई दुरुपयोग गर्ने, एआईबाट फेक भिडिओ बनाएर कमेन्ट बक्स र सामाजिक सञ्जालमा गाली आएको भन्दै उनले प्रमाणसहित दोषीमाथि कारबाहीको माग गरेकी छन् । उनले आफूमाथि आएका अश्लील र धम्कीपूर्ण कमेन्ट र मेसेज पनि उजुरमिा समावेश गरेर कारवाही माग गरेकी छन् । 
पछिल्लो समय विशेषगरी महिलाहरुमाथि डिजिटल हिंसाका घटना बढिरहेका छन् । यसअघि निर्वाचनका बेलामा पनि उम्मेदवार रहेका निशा अधिकारी, रञ्जु न्यौपाने लगायतले डिजिटल हिंसा भएको विषय उठाएका थिए । आफ्नो भन्दा फरक विचार राख्नेमाथि अश्लील गाली गर्ने, सामाजिक सञ्जालमा ट्रोल बनाउने र एआइको प्रयोग गरि चरित्र हत्या गर्ने काम बढेको साइबर ब्यूरोले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्