नेभिगेशन
उपत्यका

व्यवसायी शंकर अग्रवाल पक्राउ

काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण विभागले अग्रवाललाई शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी परीसर ललितपुरको हिरासतमा राखिएको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि अग्रवाललाई पक्राउ गरिएको विभागले जनाएको छ । अग्रवाल शंकर ग्रुपका संस्थापक हुन् । नेपालमा शंकर ग्रुपको सिमेन्ट, स्टिल, अटोमोबाइल, रियल इस्टेट, बिमा, जलविद्युत् तथा हस्पिटालिटीमा लगानी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्