नेभिगेशन
उपत्यका

बैंकिङ कसुरका फरार पक्राउ

काठमाडौं । एक करोड रुपैयाँभन्दा बढी बैंकिङ कसुर गरेको आरोपमा दोषी ठहर भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । तार्केश्वर–५ का ३१ वर्षीय निकेश तामाङ र सूर्यविनायक–४ बालकोट बस्ने ३६ वर्षीया रीता प्रधान पौडेललाई पक्राउ गरिएको हो । 
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार तामाङ काठमाडौं जिल्ला अदालतबाट गत जेठ २७ र माघ ४ को आदेशले ९५ लाख बैंकिङ कसुर ठहर भएका हुन् । अदालतले उनीबाट थप ४ लाख ७५ हजार जरिवाना तथा १९ हजार क्षतिपूर्ति र ४ महिना ५ दिन कैद हुने फैसला गरेको थियो ।  
यस्तै, ७ लाख ५० हजार बैंकिङ कसुरका दोषी ठहर भई फरार पौडेललाई पनि पक्राउ गरिएको छ । गत माघ ४ को फैसलाले उनलाई ३७ हजार ५०० जरिवाना, एक हजार ५०० क्षतिपूर्ति र दुई दिन कैद तोकिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्