नेभिगेशन
उपत्यका

वैदेशिक रोजगार उद्धार संस्थाका सञ्चालक गोले पक्राउ

काठमाडौं । वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा संस्थाका अध्यक्ष इन्द्रलाल गोले छन् । 
नागार्जुन–५ बस्ने सिन्धुली, सुनकोसी–७ का ६६ वर्षीय गोलेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए । उनका अनुसार काठमाडौं महानगर–१५ अन्नपूर्ण चोकमा कार्यालय रहेको संस्थाले वैदेशिक रोजगारीमा पीडितको उजुरी निवेदन लिने र कानूनविपरीत रकम असुलउपर गरेको सूचना आएपछि सोधपुछका लागि प्रहरी संस्थाको कार्यालय पुगेको थियो । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले सोधपुछ गर्दा गोलेले अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेपछि नियन्त्रणमा लिइएको हो । 
पक्राउ परेका गोलेलाई अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्