नेभिगेशन
अर्थतन्त्र

महासंघको निर्वाचन स्थगित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन कार्यक्रम स्थगित भएको छ । उच्च अदालत पाटनले चैत २९ र ३० गते निर्धारण भएको साधारणसभा नगर्न बिहीबार अन्तरिम आदेश दिएपछि निर्वाचन समितिले सूचना जारी गर्दै निर्वाचनका सम्पूर्ण प्रक्रिया रोकेको हो ।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका तर्फबाट दायर गरिएको निषेधाज्ञाको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालको इजलासले अन्तरिम आदेश जारी गरेको थियो । जारी आदेशमा भनिएको छ, ‘विपक्षी संस्थाको साधारण सभा हुँदा यी निवेदकहरु समेतलाई असर पर्ने देखिँदा सो निर्णय नभएसम्म संस्थाको साधारणसभाका नगर्नु, नगराउनू भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम विपक्षीको नाममा अन्तरिम आदेश जारी गरिएको छ।’
आदेश बुझेपछि मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेल, निर्वाचन अधिकृत चन्द्रमणि निरौला र सुमनकुमार केसीले सूचना जारी गर्दै चुनाव कार्यक्रम रोकेका हुन् । यो निर्णयसँगै महासंघको नयाँ नेतृत्व चयनको प्रक्रिया अन्योलमा परेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्