नेभिगेशन
अर्थतन्त्र

एसईईका सहभागीलाई टेलिकमको अफर

काठमाडौं । नेपाल टेलिकमले २०८२ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीका लागि एसईई अफर २०८२ उपलब्ध गराएको छ । यस अफरअन्तर्गत विद्यार्थीलाई नयाँ सिमकार्ड उपलब्ध गराइनेछ भने पहिले नै नेपाल टेलिकमको सिम प्रयोग गरिरहेका विद्यार्थीले समेत सोही नम्बरमा उक्त अफर प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार चैत २६ देखि सुरु भएको एसईई अफर २०८३ असार २६ सम्म उपलब्ध हुनेछ । यसका लागि २० रुपैयाँमा नयाँ सिमकार्ड नेपाल टेलिकमका देशभरका कार्यालयबाट उपलब्ध हुनेछ । समकार्ड सक्रिय गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफर उपलब्ध हुनेछन् । नयाँ सिमकार्डमा मुख्य क्यालेन्सको रुपमा उपलब्ध हुने ९.८० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिने कम्पनीले जनाएको छ ।
यसमा एसईई प्याकेज २०८२ अन्तर्गत ३० दिनसम्मका लागि प्रतिदिन नेपाल टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन–नेट भ्वाइस, १० वटा अन–नेट एसएमएस र ५०० एमबी डाटा समेत उपलब्ध हुनेछ भने प्रत्येक दिन प्राप्त हुने सेवा सोही दिनका लागि मात्र कायम रहनेछ ।
अफर अन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल गर्न र ५० वटा अन–नेट एसएमएस पठाउन सकिने बोनस सुविधासमेत उपलब्ध हुनेछ । रिचार्जमा प्राप्त हुने बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नुपर्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्