नेभिगेशन
अर्थतन्त्र

एनसेलको इन्टरनेट र डेटा प्याकको शुल्क ६५ प्रतिशत घट्यो

काठमाडौं । एनसेलले कल र इन्टरनेट सेवाको शुल्क आक्रामकरूपमा घटाउँदै आफ्ना प्रिपेड ग्राहकका लागि आकर्षक अनलिमिटेड कम्बो प्याक सञ्चालनमा ल्याएको छ । नयाँ वर्ष २०८३ को अवसर पारेर सञ्चालनमा ल्याइएको यस प्याकमा अनलिमिटेड डेटा, अनलिमिटेड कल र प्रशस्त एसएमएस सेवालगायत आकर्षक सुविधाहरू रहेको छन् जसले ग्राहकलाई २८ दिनसम्म ढुक्क रहन मद्दत गर्छ ।
कम्पनीले यसअघि प्रदान गर्दै आएको रु १९९९ को कम्बो अनलिमिटेड कल र इन्टरनेट सेवाको तुलनामा यो प्याकमा पाइने उही सेवाहरूको मुल्य ६५ प्रतिशतले घटेको छ । करसहित रु ६९९ शुल्क पर्ने यो कम्बो प्याकको समयावधी २८ दिन रहेको छ । कुनै पनि नेटवर्कमा अनलिमिटेड कल गर्न सकिने, अनलिमिटेड डेटा, दैनिक १०० एसएमएस र लायन्स गेट प्लेमा निःशुल्क पहुँच यो प्याकका मुख्य विषेशताहरू हुन् । 
ग्राहकले सजिलै एस्ट्रिक्स१२३ह्यास डायल गरी यो प्याक लिन सक्छन् । त्यसैगरी एनसेल एप वा नजिकैको एनसेल सेन्टर वा एनसेल पसलबाट पनि यो प्याक लिन सकिन्छ । ‘कनेक्टिभिटीको महत्व र दूरसञ्चार सेवाप्रतिको बढ्दो मागलाई ध्यानमा राख्दै नयाँ वर्ष २०८३ को अवसर पारेर हामीले अनलिमिटेड डेटा र कलसहितको यो प्याक सञ्चालनमा ल्याएका छौं । यो विशेष प्याकले सेवाको लागत थप घटाउँदै ‘बेस्ट भ्यालु’ प्रदान गर्छ,’ एनसेलका चिफ कन्सुमर बिजनेस अफिसर उपांग दत्ताले भने ।
अनलाइनमार्फत कारोबार, किनमेल, वर्क फ्रम होम, पढाइ, गेमिङ वा मनोरञ्जन सबैका लागि डेटा सेवाको महत्व धेरै रहन्छ । यो प्याकले मनोरञ्जनका लागि ग्राहकलाई लायन्स गेट प्लेका विभिन्न प्रकारका सामग्रीमा पहुँच सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्