नेभिगेशन
अर्थतन्त्र

नेप्से परिसूचकमा १३ अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको अन्तिम कारोबार हुने दिन शुक्रबार घटेको छ । शुक्रबार कारोबार हुन थालेको पहिलो दिन नै परिसूचक १३.४५ अंकले घटेर २८३७.७८ अंकमा ओर्लिएको हो ।
कारोबार रकम घटेको छ । शुक्रबार ३३५ कम्पनीको दुई करोड १० लाख ८७ हजार ६२८ कित्ता शेयर ९७ हजार ४८० पटक खरिद–बिक्री हुँदा आठ अर्ब ९९ करोड ३२ लाख ८० हजार ९६७ बराबरको कारोबार भएको हो । बिहीबार ९ अर्ब ७५ करोड ११ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।
बिहीबार जलविद्युत् समूह ०.०८ र उत्पादन तथा प्रशोधन समूह १.५९ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.७४, विकास बैंक ०.६७, वित्त ०.६०, होटल तथा पर्यटन ०.४४, लगानी ०.१२, जीवन बीमा ०.७१, लघुवित्त ०.७३, म्युचुअल फन्ड ०.४९, निर्जीवन बीमा ०.४८ र अन्य समूह १.३९ प्रतिशतले घटेको हो ।
त्यस्तै कारोबारमा भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, होटल फरेस्ट इन र पाल्पा सिमेन्ट इन्ड्रस्टिजको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेप्से बुधबार ४५.१२ र बिहीबार ४८.७१ अंकले बढेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्