नेभिगेशन
अर्थतन्त्र

सुबिसु र एपाक आईपीभी सिक्स काउन्सिलबीच सम्झौता

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र एसिया–प्रशान्त क्षेत्रमा आईपीभी सिक्स प्रवर्धनका लागि समर्पित संस्था एपाक आईपीभी सिक्स काउन्सिलबीच एक महŒवपूर्ण सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ ।
चौथो एपाक आईपीभी सिक्स काउन्सिल मिटको पहिलो दिन बिहीबार काठमाडौंको होटल ¥याडिसनमा सम्पन्न यो सम्झौताले नेपालको डिजिटल पूर्वाधार विकासमा नयाँ ऐतिहासिक अध्याय थप्ने अपेक्षा गरिएको छ । सम्झौतापत्रमा सुविसुका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउद र काउन्सिलका अध्यक्ष प्रो. इमेरिटस डा. सुरेश्वरन रामादासले हस्ताक्षर गरेका छन् ।
यो सहकार्य सम्झौताले दुई संस्थाबीच प्राविधिक ज्ञान आदानप्रदान, विशेषज्ञ आदानप्रदान, संयुक्त प्रकाशन र परस्पर प्रचार–प्रसारको ढोका खोलेको जनाइएको छ । ’नेपालमा यस्तो अन्तर्राष्ट्रिय स्तरको प्रविधि सम्मेलन आयोजना गरी काउन्सिलसँग औपचारिक साझेदारी गाँस्न पाउनु हाम्रा लागि गर्वको विषय हो । यो सम्झौताले नेपाललाई एसिया–प्रशान्त क्षेत्रको प्रविधि विमर्शको केन्द्रमा स्थापित गर्न सघाउनेछ,’ सुविसुका सीईओ विनयमोहन साउदले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्