नेभिगेशन
अर्थतन्त्र

कार्ल्सबर्ग गल्फ क्लासिकमा करवीर तामाङ विजेता

काठमाडौं । काल्र्सबर्ग गल्फ क्लासिक २०२६ मा करवीर  तामाङ पुरुषतर्फको विजेता बनेका छन् । गोर्खा ब्रुअरीको आयोजनामा काठमाडौंस्थित रोयल नेपाल गल्फ कोर्समा सम्पन्न खेलमा समान ४८ स्कोर गरे पनि काउन्टब्याकका आधारमा अश्मांक कार्कीलाई पछि पार्दै उपाधि जितेका हुन् । कार्की उपविजेतामा सीमित भए ।
प्रतियोगितामा उत्कृष्ट ग्रस विजेताको उपाधि हरिबहादुर थापाले ३५ स्कोरसहित हासिल गर । यस्तै, महिलातर्फ सुष्मा सिंह ३६ स्कोरसहित विजेता घोषित भइन् भने तारा कार्की चित्रकार उपविजेता बनिन् । सिनियर ६५ वर्षमाथिका पुरुषतर्फ मेजर जनरल विजय मोक्तान विजेता बने भने क्याप्टेन मोहन गुरुङ उपविजेतामा रहे । सुपर सिनियर ७५ वर्षमाथिको उपाधि क्याप्टेन मणि लाल थापाले जिते ।
महिलातर्फ सिनियर ६० वर्षमाथि विधामा देवी पुलामी विजेता तथा सुपर सिनियर ७० वर्षमाथि सन्ध्या राई विजेता घोषित भए । विशेष विधातर्फ हरिबहादुर थापाले होल नम्बर १२ मा एकै प्रहारमा होल इन वन गर्दै प्रतियोगिताको मुख्य आकर्षण बने । सबैभन्दा धेरै बर्डी (४ बर्डी) गर्दै करवीर तामाङले अर्को उपलब्धि पनि आफ्नो नाममा गरे ।
त्यसैगरी, सबैभन्दा लामो प्रहार होल ११ गर्ने सरोज थापा, पिन नजिकको उत्कृष्ट प्रहार (होल १२) खिम गौचन तथा खेलभावना पुरस्कार ब्रिगेडियर जनरल शशि किरण रायमाझीले प्राप्त गरे । शुक्रबार र शनिबार भएका प्रतियोगितामा विभिन्न विधाका विजेताहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रतिस्पर्धालाई रोमाञ्चक बनाएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्