नेभिगेशन
अर्थतन्त्र

उद्यमीको रोजाइ बन्दै इनड्राइभ कुरियर्स

काठमाडौं । साना तथा मध्यम उद्यमीहरूबीच इनड्राइभको डेलिभरी सेवा कुरियर्स लोकप्रिय बन्दै गएको छ । विशेषतः नेपाली नयाँ वर्षको अवसरमा यस सेवाप्रति माग उल्लेखनीय रूपमा बढेको कम्पनीले जनाएको छ । इनड्राइभ कुरियर्स एक अन–डिमान्ड डेलिभरी सेवा हो, जसले प्रयोगकर्ता र कुरियरलाई प्रत्यक्ष रूपमा जोड्छ । यो प्रणालीमार्फत दुवै पक्षले आपसी सहमतिमा भाडा निर्धारण गरी शहरभित्र सामान पठाउन सक्ने सुविधा छ । 
कम्पनीका अनुसार, औसतमा कुरियरहरू ५–६ मिनेटमै पिकअप स्थानमा पुग्ने र ४० सेकेन्डभन्दा कम समयमा अर्डर मिलान हुने गरेको छ, जसले सेवाको तीव्रता र प्रभावकारिता दर्शाउँछ । औसत डेलिभरी दूरी करिब ६ किलोमिटर छ । सन् २०२५ को नयाँ वर्ष अवधिमा डेलिभरी अर्डर संख्यामा अघिल्लो वर्षको तुलनामा २०० प्रतिशतभन्दा बढी वृद्धि भएको देखिएको छ । साथै, सक्रिय साना तथा मध्यम व्यवसाय साझेदारहरूको संख्या पनि २.६ गुणाले बढेको छ, जसले स्थानीय व्यवसायहरूमा डिजिटल डेलिभरी सेवाको बढ्दो निर्भरता झल्काउँछ । कपडा, दैनिक उपभोग्य वस्तु, खाना, स्पेयर पाट्र्सदेखि विभिन्न प्रकारका पार्सल पठाउन व्यवसायीहरूले यस प्लेटफर्मको व्यापक प्रयोग गरेका छन् ।
इनड्राइभ नेपालकी कन्ट्री प्रतिनिधि रीता पोखरेलका अनुसार नयाँ वर्षको समय साना व्यवसायका लागि अत्यन्त महŒवपूर्ण हुन्छ, किनभने यही अवधिमा उनीहरूको वार्षिक आम्दानीको ठूलो हिस्सा हुने गर्छ । उनले भनिन्, ‘धेरै उद्यमीहरू छिटो र उचित लागतमा ग्राहकसम्म पुग्न इनड्राइभ कुरियर्समा आकर्षित भएका छन् ।’ 
इनड्राइभको नयाँ सेवाको प्रमुख बजार काठमाडौं हो । साथै पोखरा र भरतपुरजस्ता शहरहरूमा पनि विस्तार भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्