नेभिगेशन
अर्थतन्त्र

एनआईसी एसिया बैंकद्वारा कैलालीको सहारा घरलाई सहयोग

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको बर्दगोरिया–२ स्थित असहायका लागि सहयोगी हातहरु नेपाल (सहारा घर)लाई सहयोग गरेको छ ।  आश्रितहरुको बसाइ सहज र स्वस्थ होस् भन्ने हेतुले डाइनिङ टेबल, बेन्चहरुका साथै स्वच्छ खानेपानीको सुविधाका लागि वाटर डिस्पेन्सर सहयोग गरेको हो । बालबालिका, महिला, शारीरिक रुपमा विशेष क्षमता भएका तथा पाका उमेर व्यक्तिहरु सहित ९७ जनालाई आश्रय दिइरहेको यस संस्थाका लागि यस बैंकका सर्कल हेड–धनगढीका दीपक विष्टले संस्थाका अध्यक्ष बलबहादुर विष्टलाई उक्त सामानहरु हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्