नेभिगेशन
अर्थतन्त्र

रेडमीले ल्यायो इन्ट्री लेभलमा ए–सेभेन

काठमाडौं । साओमीले इन्ट्री–लेभल स्मार्टफोन सिरिजमा रेडमी ए–सेभेन सार्वजनिक नेपाली बजारमा ल्याएको छ । परिष्कृत डिजाइन, ठूलो डिस्प्ले स्क्रिन र उच्चस्तरीय कार्यक्षमतासहित यो स्मार्टफोन कम बजेटका ग्राहक लक्षित छ । 
रेडमी ए–सेभेन मध्यम र हल्का वजनको स्मार्टफोन हो, जसको तौल १९३ ग्राम र आकार १७१.७९ एमएम छ । यसमा ६.८८ इन्चको ठूलो एलसीडी डिस्प्लेसँगै ४५० निट्सको ब्राइटनेस छ । यसले ‘डीसी डिमिङ’ प्रविधि सपोर्ट गर्छ, जसले लामो समयसम्म फोन चलाउँदा आँखामा पर्ने असरलाई कम गर्न सहयोग पु¥याउँछ । साथै, १२० हर्जसम्मको रिफ्रेस रेट सपोर्ट हुने भएकाले स्क्रोलिङ, गेमिङ तथा भिडियो हेर्ने अनुभव निकै स्मुथ र सहज हुने कम्पनीको दाबी छ । ३ जीबी ¥याम र ६४ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध यो स्मार्टफोनलाई मेमोरी एक्स्टेन्सनमार्फत ¥याम ६ जीबीसम्म बढाउन सकिने सुविधा पनि छ । दैनिक प्रयोग, सामाजिक सञ्जाल चलाउने, भिडियो स्ट्रिमिङ तथा हल्का गेमिङका लागि यो कन्फिगरेसन उपयुक्त छ ।
ए–सेभेनमा ५२०० एमएएच क्षमताको शक्तिशाली ब्याट्री छ, जसले एक पटकको चार्जमा लामो ब्याकअप दिनेछ । १५ वाटको फास्ट चार्जिङ सपोर्ट छ । साइड–माउन्टेड फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक जस्ता सुविधा उपलब्ध छन् । १३ मेगापिक्सेल मुख्य क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा  छ, जसले कम उज्यालोमा पनि स्पष्ट र आकर्षक तस्बिर खिच्न मद्दत गर्छ ।
यो मोडल कालो, स्काइ ब्लु र अर्चिड पर्पल रंगमा उपलब्ध छ । कम्पनीका अनुसार रेड्मी ए–सेभेनसँग दुई वर्षको वारेन्टी पनि दिइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्