नेभिगेशन
अर्थतन्त्र

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनकाे मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो।

आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँ तोकिएको छ। शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबारको तुलनामा चाँदी तोलामा १५ रुपैयाँले बढेको हो। यससँगै आज चाँदी तोलामा ४९ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी तोलामा ४९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्