नेभिगेशन
अर्थतन्त्र

सुक्खा तरकारीको आयात वृद्धि

काठमाडौं । नेपालीका घरहरुका सिन्की, गुन्द्रुक र तामा बनाइन्छ । मस्यौरा पारिन्छ । सिद्रा बनाइन्छ । हरिया तरकारी धेरै हुँदा सुकाएर पनि राखिन्छ । तर, भन्सार विभागको तथ्यांकले त्यस्तो भन्दैन, नेपालीले सुक्खा तरकारी पनि आयात गर्ने गरेको देखाएको छ । तथ्यांकअनुसार सुकुटीको आयात निर्यातभन्दा बढी हुने गरेको छ । 
भन्सार विभागका अनुसार गएको आठ महिनामा विभिन्न देशमा ७ लाख ७ हजारको विभिन्न प्रकारका सुकुटी निर्यात हुँदा ६ करोड २९ लाख ८९ हजार रुपैयाँको आयात भएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सबैभन्दा धेरै ५१७ केजी सुकुटी तरकारी अमेरिकामा निर्यात हुँदा त्यसबाट ३ लाख ५ हजार रुपैयाँ आम्दानी भएको छ । यसैगरी, मलेसिया ३ लाख ७ हजार, यूएईमा ७५ हजार रुपैयाँ बराबरको सुकुटी तरकारी निर्यात भएको छ ।
सोही अवधिमा भारत, चीन, अमेरिका र अन्य विभिन्न मुलुकबाट नेपालले २ लाख २९ हजार ५४४ केजी अर्थात् ६ करोड २९ लाख ८९ हजार बराबरको सुकुटी तरकारी आयात भएको विभागको तथ्यांकमा छ । सुकुटी भन्ने बित्तिकै प्रायः मानिसले सुकाइएको मासु सम्झिन्छन्, तर पछिल्लो समय फलफूल तथा तरकारीबाट पनि सुकुटी बनाउने चलन बढ्दै गएको छ । (रासस)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्