नेभिगेशन
अर्थतन्त्र

लक्ष्मी सनराइज क्यापिटलको नयाँ म्युचुअल फन्डलाई स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लक्ष्मी सनराइज बैंक कोष प्रवर्धक र लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको नयाँ म्युचुअल फन्डलाई सार्वजनिक निष्कासनका लागि अनुमति प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डले २०८३ वैशाख २ गते ‘एलएस होराइजन १२’ बन्दमुखी योजनालाई स्वीकृति दिएको हो ।
१२ वर्ष अवधि रहेको उक्त योजनाअन्तर्गत १२ करोड इकाई निष्कासन गरिनेछ, जसको प्रति इकाई मूल्य १० रुपैयाँ रहेको छ ।  बन्दमुखी योजना  भएकाले यो निश्चित अवधिसम्म सञ्चालनमा रहनेछ । साथै कम्पनीले यसअघि सफलता पूर्वक उच्च प्रतिफल दिने सफल योजनाहरू सञ्चालन गरिसकेको छ । 
धितोपत्र बोर्डको यस निर्णयसँगै नेपाली पुँजी बजारमा सामूहिक लगानी कोषको दायरा अझ फराकिलो हुने कम्पनीले अपेक्षा गरिएको छ, जसले साना तथा ठूला लगानीकर्तालाई व्यवस्थितरूपमा लगानी गर्ने अवसर प्रदान गर्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्