नेभिगेशन
अर्थतन्त्र

अत्याधुनिक फिचरसहित पोको एक्स–८ सिरिज सार्वजनिक

काठमाडौं । नेपालका लागि पोकोको आधिकारिक विक्रेता टेलिटकले नेपाली बजारमा आफ्नो बहुप्रतीक्षित पोको एक्स–८ सिरिजअन्तर्गत दुई स्मार्टफोन पोको एक्स–८ प्रो ५ जी र एक्स–८ प्रो म्याक्स ५जी सार्वजनिक गरेको छ ।
पोको एक्स–८ प्रो ५जी मा फ्ल्यागसिप डाइमेनसिटी ८५००–अल्ट्रा प्रोसेसर छ, जसले उत्कृष्ट प्रदर्शनसँगै ब्याट्री पनि कम खपत गर्छ । यसमा ६५००एमएएच पावरको ठूलो ब्याट्री, १००डब्लू हाइपरचार्ज र २७डब्लू रिभर्स चार्जिङ सुविधा उपलब्ध छ । यसमा ५०एमपी मुख्य क्यामेरा, ८एमपी अल्ट्रावाइड क्यामेरा र २०एमपीको फ्रन्ट क्यामेरा भएकाले तस्विर खिच्दा वा भिडियो बनाउँदा उत्कृष्ट अनुभवको महसुस गर्न सकिन्छ ।
डिस्प्लेमा ६.५९ इन्चको १.५के रेजोलुसनसहित १२०एचजेड अल्ट्रा–ब्राइट एमोलेड स्क्रिन छ, जसमा उच्च ब्राइटनेस र डिमिङको फिचरसमेत उपलब्ध छ । यसबाहेक पोको एक्स–८ प्रो ५जीमा आईपी६८ को रेटिङको सुविधा भएकाले पानी र धुलोबाट बचाउनुका साथै लामो समयसम्म टिकाउ राख्न मद्दत गर्नेछ ।
त्यस्तै पोको एक्स–८ प्रो म्याक्स ५जीमा फ्ल्यागसिप डाइमेनसिटी ९५००एस चिपसेट जडान गरिएको छ । यसमा ८५००एमएएच क्षमताको शक्तिशाली ब्याट्री, १००डब्लू हाइपरचार्ज, २७डब्लू रिभर्स चार्जिङको सुविधा भएकाले दुई दिनसम्म ब्याट्री टिक्न सक्ने कम्पनीको दाबी छ । 
यस स्मार्टफोनमा ६.८३ इन्चको १.५के १२०एचजेड अल्ट्रा–ब्राइट एमोल्ड डिस्प्ले रहेको छ । ५०एमपी मुख्य क्यामेरा, ८एमपी अल्ट्रा–वाइड क्यामेरा र २०एमपी फ्रन्ट क्यामेरा रहेको छ । यसमा पनि आईपी६८ डस्ट तथा वाटर रेसिस्टेन्सको सुविधासँगै स्प्ल्यास, ड्रप, बेन्ड र प्रेसरबाट थप सुरक्षा प्रदान गर्छ ।
टेलिटकका कार्यकारी निर्देशक प्रतीक जालानले भने, ‘पोको एक्स–८ सिरिज केवल गेम खेल्नेका लागि मात्र होइन, यो उनीहरूका लागि डिजाइन गरिएको हो, जसले हरेक कुरामा उत्कृष्टता खोज्ने गर्छन् । यसमा रहेका असाधारण फिचरहरू फ्ल्यागसिप स्तरको प्रोसेसिङ पावर, आकर्षक डिस्प्ले, टिकाउसहितको डिजाइन, क्रिएटिभिटी र विश्वसनीयतालाई सन्तुलनमा राख्नेछ । यसमा डुअल–लेन्स क्यामेरा, डाइनामिक आरजीबी लाइटिङ र हाइपर एआईको सहयोगमा उच्चस्तरको तस्बिर खिच्न सकिनेछ ।’
पोको एक्स–८ प्रो ५जी दुई भेरियन्टमा उपलब्ध छ । ८जीबी+२५६जीबी भेरियन्टको बजार मूल्य ६३ हजार ९९९ रुपैयाँ तोकिएको छ र १२+५१२ जीबीको मूल्य ७३ हजार ९९९ रुपैयाँ रहेको छ । यी दुवै भेरियन्टहरू कालो, हरियो र सेतो रङमा उपलब्ध छन् ।
त्यसैगरी, एक्स–८ प्रो म्याक्स ५जि १२+२५६जीबी को मूल्य ७९ हजार ९९९ र १२+५१२जीबीको मूल्य ८९ हजार ९९९ रुपैयाँ तोकिएको छ । यी दुवै भेरियन्टहरू निलो, कालो र सेतो रङमा उपलब्ध छन् । ग्राहकको सुविधाका लागि पोकोले ९ महिनासम्मको इएमआई र १ वर्षको ब्रान्ड वारेन्टीको सुविधा दिइएको छ । यी दुवै स्मार्टफोनहरू टेलिटकका आधिकारिक शोरुम, देशभरका आउटलेट र दराजबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्