नेभिगेशन
अर्थतन्त्र

सामसङ नेपालको माइक्रोवेभ मास्टरक्लास

काठमाडौं । सामसङ नेपालले स्मार्ट र अझ रमाइलो होम कुकिङलाई प्रोत्साहन दिने उद्देश्यले विशेष माइक्रोवेभ मास्टरक्लास आयोजना गरेको छ । मास्टरक्लास कार्यक्रममा १७ वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक सेफ निमेश उलकको सहभागिता थियो, जहाँ सहभागीले सामसङको माइक्रोवेभ रेन्जको बहुउपयोगिता प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पाएका छन् ।
कार्यक्रममा मोडर्न माइक्रोवेभ प्रविधिद्वारा घरमै खाना बनाउँदा स्वाद र पोषण कसरी कायम राख्ने तथा पकाउने प्रक्रियालाई कसरी सजिलो बनाउँछ भन्ने प्रदर्शन गरिएको छ । सहभागीहरूले सामसङका सोलो, ग्रिल र कन्भेक्सन माइक्रोवेभ मोडलहरू प्रयोग गरी व्यावहारिक कुकिङ सीप र सिर्जनात्मक परिकारहरू सिक्ने मौका पाएका छन् ।
सामसङका माइक्रोवेभमार्फत खाना छिटो तताउने र ग्रिल गर्नेदेखि बेकिङ गर्ने तथा मल्टि–स्टेज कुकिङसम्म विभिन्न परिकारहरू तयार गर्न सकिने तरिकाहरू सेफ उलकले प्रस्तुत गरे । यसले गर्दा, सामसङको माइक्रोवेभ लाइनअपले व्यस्त जीवनशैली भएका परिवारका लागि छिटो, स्मार्ट र सहज अनुभव प्रदान गर्ने कुरा प्रस्ट पारेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्