नेभिगेशन
अर्थतन्त्र

राष्ट्रिय खाद्य बैंकको मार्ट उद्घाटन

भक्तपुर । नयाँ वर्षको शुभ अवसरमा राष्ट्रिय खाद्य बैंकले भक्तपुर मनोहरा पुलबाट करिब सय मिटरअगाडि दिव्येश्वरी प्लानिङमा नयाँ मार्ट सञ्चालनमा ल्याएको छ ।
मार्टमा स्थानीय रैथाने पौष्टिक खाद्य सामग्रीहरू, स्वास्थ्य प्रतिरोधात्मक क्षमता बढाउने वस्तुहरू, स्वच्छतासम्बन्धी सामानहरू, साथै घरायसी आवश्यकताका किचन तथा टायलट सामग्रीहरू उपलब्ध छन् । साथै, खेलौनाहरू, बिरुवाहरूलगायत दैनिक जीवनमा आवश्यक पर्ने वस्तुहरू पनि सहजै प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।
मार्टको प्रमुख आकर्षण भनेको स्थानीय उत्पादनलाई प्राथमिकता दिनु हो । यहाँ उपलब्ध खाद्य सामग्री स्थानीय किसान तथा उत्पादकबाट संकलन गरिएका छन्, जसले उपभोक्तालाई ताजा, पौष्टिक र सुरक्षित वस्तु उपलब्ध गराउनेछ ।
मार्टमा स्वास्थ्य प्रतिरोधात्मक क्षमता बढाउने वस्तुहरू, स्वच्छतासम्बन्धी सामानहरू र रोग प्रतिरोधात्मक उत्पादनहरूलाई विशेष स्थान दिइएको छ । यसले उपभोक्तालाई स्वस्थ जीवनशैली अपनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
देशका राष्ट्रिय कलाकार, साहित्यकार, बुद्धिजीवी, सञ्चारकर्मी, कृषि क्षेत्रका पत्रकारहरुले यस प्रकारको स्वदेशी उत्पादनका खाद्य वस्तुहरुको बिक्री वितरण, दैनिक जीवनमा आवश्यक उपभोग्य वस्तुहरुको र सहज उपलब्धतालाई स्वागतयोग्य भनेका छन् । खाद्य बैंकका कार्यकारी निर्देशक शंकरनाथ उप्रेती एवं कम्पनीका प्रवक्ता पवित्रा पोखरेलले आगामी दिनमा मार्टलाई अन्य स्थानमा पनि विस्तार गर्ने योजना रहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्