नेभिगेशन
अर्थतन्त्र

धितोपत्र बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठद्वारा राजीनामा

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। शुक्रबार उनले अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् । 

राजीनामा पत्र बोकेर मन्त्रालय आएका श्रेष्ठले आफूले स्वेच्छाले राजीनामा दिएको बताए । सरकारलाई सहयोग गर्न आफूले राजीखुसीले मार्ग प्रशस्त गरेको श्रेष्ठको भनाइ छ । श्रेष्ठ २०८१ मंसिर १० गते धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्