नेभिगेशन
अर्थतन्त्र

नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १३.१७ अंकले घटेर २८२५.२३ विन्दुमा अडिएको छ । यसदिन सेयर बजारमा ५ अर्ब बराबरको मात्रै कारोबार भयो।

३४९ वटा स्क्रिप्सको १ करोड १६ लाख  ५३ हजार  ३७० कित्ता सेयर ५ अर्ब ४३ करोड ४२ लाख  ४० हजार २७६ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ६५ वटा स्टक्सको मूल्य बढ्दा १९७ वटाको घट्यो। ६ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

यसदिन चारवटा कम्पनीको सेयर १५ प्रतिशतले बढ्यो। सूर्यकूण्ड हाइड्रो इलेक्ट्रिक, होटल फोरेस्ट इन, पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर डेभलपमेन्टको सेयर १५ प्रतिशतले बढेको हो।

कारोबार रकमका आधारमा होटल फोरेस्ट शीर्ष स्थानमा रह्यो। सो कम्पनीले ३६ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। सोलु हाइड्रोपावरले २९ करोडको सेयर कारोबार गर्दा नेसलन हाइड्रो पावरले २८ करोड आँखु खोला जलविद्युतले २३ करोड र  रिलायन्स स्पिनिङ मिल्सले १९ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

आज होटल्स एण्ड टुरिजम समूहको उपसूचकबाहेक बाँकी सबै समूहको उपसूचक नकारात्मक देखिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्