नेभिगेशन
उपत्यका

कार्यवाहक प्रमुख डंगोलद्वारा सुकुम्बासीलाई बनाइएको सरकारी भवनको अवलोकन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुम्बासी परिवारलाई अस्थायी रूपमा बसोबास गराउने नागार्जुन नगरपालिका–१ स्थित सरकारी भवनको अवलोकन गरेकी छिन् ।

सरकारले हाल काठमाडौंको थापाथली, सिनामंगल र मनोहरा क्षेत्रका सुकुम्बासी बस्ती हटाउने अभियान सञ्चालन गरिरहेको छ। ती क्षेत्रबाट विस्थापित हुने परिवारलाई अस्थायी रूपमा उक्त सरकारी भवनमा राख्ने तयारी गरिएको जनाइएको छ।

यसै उद्देश्यका साथ कार्यवाहक प्रमुख डंगोलले भवनको अवस्था, उपलब्ध सुविधा तथा व्यवस्थापन तयारीको स्थलगत निरीक्षण गरेकी हुन् ।

हाल भवनमा सरसफाइ, मर्मतसम्भार तथा आवश्यक पूर्वाधार व्यवस्थापनको काम तीव्र रूपमा भइरहेको सम्बन्धित निकायले जनाएको छ।

महानगरपालिकाले प्रभावित परिवारको अस्थायी बसोबासलाई व्यवस्थित, सुरक्षित र सहज बनाउन आवश्यक समन्वय गरिरहेको बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय