नेभिगेशन
उपत्यका

रातो मच्छिन्द्रनाथको रथ लगनखेलमा

ललितपुर । ललितपुरमा जारी रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत आइतबार रथ तानेर लगनखेल बसपार्क पु¥याइएको छ । जात्राको पहिलो दिन गाःबहाल पु¥याइएको रथलाई त्यसपछि मंगलबजार, सुनधारा र चाःबहाल हुँदै आइतबार लगनखेल पु¥याइएको हो । वर्षा र सहकालका देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथलाई ३२ हात अग्लो रथमा वैशाख ५ गते पूजाअर्चनासहित विराजमान गराइएपछि वैशाख ८ गते रथ तानेर जात्रा औपचारिक रूपमा सुरु गरिएको थियो ।
रथ लगनखेल पु¥याएपछि महाबलि पूजा गरिने र साइत हेराएर रथको टुप्पोबाट नरिवल खसाल्ने चलन छ । नरिवल खसालिएको भोलिपल्ट महिलाहरूले मात्र रथ तान्ने परम्परा छ । त्यसपछि रथलाई इटीटोलबाट पश्चिमतर्फ कुमारीपाटी हुँदै जावलाखेलस्थित ललितमण्डप पु¥याइन्छ, जहाँ भोटो देखाउने कार्यक्रम गरिन्छ । राष्ट्रप्रमुखबाट भोटो देखाएपछि यस वर्षको रातो मच्छिन्द्रनाथ जात्रा सम्पन्न हुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप उपत्यका
साताको लोकप्रिय