नेभिगेशन
उपत्यका

धोबीखोला करिडोरको साततले भवनमा पनि चलाइयो डोजर

काठमाडौं । धोबीखोला करिडोर क्षेत्रमा रहेको एक साततले भवन भत्काइएको छ । सरकारी जग्गा अतिक्रमण गरिएको आरोपमा आजै उक्त भवनमा डोजर लगाइएको हो ।

प्रहरी र नगरप्रहरीको ठूलो उपस्थितिमा भवनभित्रका विभिन्न व्यवसायका सामग्रीहरू बाहिर निकालेर डोजर चलाइएको छ ।

उक्त भवनमा विगमार्ट, रेस्टुरेन्ट, स्पा, कन्सल्टेन्सी, मिडियालगायतका व्यवसाय सञ्चालनमा थिए । भवन धनीले आफूहरूसँग जग्गा, नक्सापास भएको दावी गर्दै भित्तामा टाँसे पनि सरकारी जग्गा मिचेर बनाएको भन्दै सरकारले भत्काएको हो ।
त्यस्तै देवीनगर धोवीखोला करिडोरको सुकुम्वासी वस्ती हिजो भत्काइएको थियो भने बाँकी रहेका घर टहराहरु आज पनि भत्काउने काम भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्