नेभिगेशन
उपत्यका

युनिकन्सल्टेन्ट्स एलायन्स (UCA) द्वारा आयोजित क्युरी कलेज पार्टनर मिट २०२६ काठमाडौंमा सम्पन्न

काठमाडौं । युनिकन्सल्टेन्ट्स एलायन्स (UCA) द्वारा आयोजित क्युरी कलेज पार्टनर मिट २०२६ काठमाडौंस्थित होटल र्‍याडिसनमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा शैक्षिक क्षेत्रका विभिन्न संघ–संस्था, परामर्शदाता तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन बिजनेस डेभलपमेन्ट अफिसर सुश्री जेरुशाले गर्दै सहभागीहरूलाई स्वागत गर्नुका साथै अन्तर्राष्ट्रिय शिक्षाको प्रवर्द्धनमा सहकार्यको महत्वबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रमको सुरुवात अध्यक्ष श्री राम शरण ढकाल, प्रमुख कार्यकारी अधिकृत सुश्री रुबा इमान तथा क्युरी कलेजका कार्यकारी निर्देशक श्री विलियम बुँजाङबीच खादा तथा सम्मान आदान–प्रदान गरी गरिएको थियो।

आफ्नो प्रस्तुतिमा श्री विलियम बुँजाङले क्युरी कलेजका शैक्षिक विशेषता, विद्यार्थी–केन्द्रित शिक्षण प्रणाली तथा करियरमुखी कार्यक्रमहरूबारे जानकारी दिनुभएको थियो। उहाँले प्रतिस्पर्धात्मक विश्व बजारमा सफल हुन आवश्यक व्यावहारिक सीप र अन्तर्राष्ट्रिय क्षमता विकासमा कलेज प्रतिबद्ध रहेको बताउनुभयो।

समापन मन्तव्यका क्रममा अध्यक्ष श्री राम शरण ढकालले अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरू र स्थानीय साझेदारबीचको सहकार्यले नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा हासिल गर्न मार्गनिर्देशन गर्ने उल्लेख गर्नुभयो। यस्ता सहकार्यहरूले भविष्यमा अझ व्यापक अवसरहरू सिर्जना गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। साथै, यूसीएले पनि विश्वव्यापी साझेदारीको भूमिका दिनप्रतिदिन बढ्दो रहेको उल्लेख गर्दै साझेदार संस्थाहरूको निरन्तर विश्वास र सहयोगप्रति आभार व्यक्त गरेको थियो।

कार्यक्रमको अन्त्य प्रमाणपत्र वितरण, सामूहिक तस्बिर तथा नेटवर्किङ डिनरसहित गरिएको थियो, जसले सहभागीहरूलाई आपसी सम्बन्ध सुदृढ गर्दै भविष्यका सहकार्यका सम्भावनाहरू खोज्ने अवसर प्रदान गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्