नेभिगेशन
उपत्यका

एमाले सचिव बस्नेतपत्नी अम्बिकासहित १० जनालाई धरौटीमा छोड्न आदेश

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिकालाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ।

उनीसहित जानुका पाठक भनिने शोभालाई माइती घर मण्डलमा कुटपिट गरेको आरोपमा मुद्दा चलाइएका सबै १० जनालाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले धरौटीमा छाड्न बिहीबार आदेश दिएको हो ।

धादिङकी शोभा पाठकले अम्बिकासहित १० जनाले आफूलाई कुटपिट गरेको भन्दै दिएको जाहेरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले म्याद थपेर मुद्दा चलाएको थियो ।

महेश पत्नी अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई अदालतले जनही ५० हजार रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको हो। अन्य आठजनाका हकमा अदालते २५/२५ हजार रुपैयाँ धरौटी मागेको छ।

अदालतले धरौटीमा लिएर रिहा गर्न आदेश दिएका अरू प्रतिवादीहरूमा गीता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, निता खत्री, सबिना केसी र कमला बस्नेत छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्