नेभिगेशन
उपत्यका

जथाभावी हर्न बजाउने २०० चालक कारबाहीमा

काठमाडौं । जथाभावी हर्न बजाउने २०० जनाभन्दा बढी सवारीचालक शनिबार ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । उपत्यकाका विभिन्न मुख्य सडक, व्यस्त चोक तथा सवारी चाप बढी हुने क्षेत्रमा निगरानी गर्दै ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई नियन्त्रणमा लिइ कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए ।
अभियानका क्रममा चालकलाई ट्राफिक नियमको पालना, सुरक्षित यात्राको महŒव तथा ‘नो हर्न’सम्बन्धी जनचेतना समेत प्रदान गरिएको जानकारी उनले दिए । हाल उपत्यकामा निगरानीको विशेष अभियान सञ्चालनमा छ । काठमाडौं उपत्यकाका विभिन्न संवेदनशील क्षेत्र, विद्यालय आसपास, अस्पताल क्षेत्र तथा भीडभाड हुने सडकमा विशेष निगरानी भइरहेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्