नेभिगेशन
प्रदेश

इटहरीमा दुई जनाको मृत्यु

सुनसरी, २३ भदौ - ‘जेनजी’ पुस्ताको आन्दोलनमा सुनसरीको इटहरीमा आज दुई जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालउका प्रवक्ता योगराज खतिवडाले मृतक करिब २५–२६ वर्षका रहेका भए पनि पहिचान खुल्न नसकेको  बताए । आन्दोलनमा घाइते भएका तीन जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याइएपछि चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका हुन् ।

आन्दोलन उग्र भएपछि स्थित नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको थियो । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज इटहरी उपमहानगरपालिका क्षेत्रमा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि निषेधाज्ञा जारी भएको छ ।

- रासस 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्