नेभिगेशन
उपत्यका

सगरमाथामा एकै दिनमा २७४ पर्वतारोही

आरोहीलाई सजिलो थिएन तर जति एकैदिन उक्लिए, त्यति नै संख्यामा मौदनमा हिँडेका भए घाँस मथ्र्यो । पलाउन महिनौं लाग्यो । यस वर्षको वसन्त ऋतुमा आरोहण मार्गमा विशाल हिउँको ढिस्कोले बाटो अवरुद्ध गरेको थियो । जसले गर्दा ढिला गरी सुरु भएको आरोहणमा गत बुधबार नेपालतर्फबाट एकै दिन कीर्तिमानी संख्यामा २७४ जनाले सगरमाथाको चुचुरोमा पाइला टेकेका छन् ।
सगरमाथा आरोहणका आकांक्षीहरूले मौसम अनुकूल भएको मौका छोपी शिखर पुग्ने प्रयास गरेको पर्यटन विभागका अधिकारी खिमलाल गौतमले एभरेष्ट क्रोनिकललाई बताए । उनका अनुसार आरोहण स्थानीय समयअनुसार बिहान ३ बजे सुरु भई ११ घण्टासम्म जारी थियो ।
बुधबारको यो ऐतिहासिक सफलताले २२ मे २०१९ को अघिल्लो कीर्तिमानलाई पछि पारेको छ । त्यो बेला नेपालतर्फको दक्षिणी मोहडाबाट २२३ पर्वतारोहीले सगरमाथाको आरोहण गरेका थिए ।
त्यसका अतिरिक्त २२ मे २०१९ मा ११३ पर्वतारोहीले तिब्बततर्फको उत्तरी मार्गबाट पनि आरोहण गरेका थिए तर चीनले यस सिजनमा विदेशी पर्वतारोहीका लागि यो बाटो बन्द गरेको छ ।
विशेषज्ञहरूले अत्यधिक भीडभाड र अन्य सुरक्षा जोखिमहरूको चेतावनी दिइरहेका बेला यस वर्ष ८,८४९ मिटर (२९,०३२ फिट) अग्लो शिखर आरोहणका लागि झन्डै ५०० विदेशी पर्वतारोहीलाई अनुमति दिइएको छ– जुन आफैंमा एक कीर्तिमानी उच्च संख्या हो ।
धेरैजसो पर्वतारोहीहरूले कम्तीमा एकजना नेपाली गाइडको साथमा आरोहणको प्रयास गर्छन्, जसका लागि अनुमतिको आवश्यकता पर्दैन ।
यस हप्ता सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरहरूमा समुद्री सतहबाट कम्तीमा ८,००० मिटरमाथि अवस्थित ‘डेथ जोन’ भनिने बरफिलो भिरालो बाटोमा पर्वतारोहीहरूको लामो लाइन लागेको देखिन्छ ।
यस उचाइमा धेरैजसो पर्वतारोहीहरू थप अक्सिजनमा निर्भर हुन्छन् र त्यस्तो अवस्थामा पनि पर्वतारोहण विशेषज्ञहरू यस क्षेत्रमा २० घण्टाभन्दा बढी समय नबस्न सल्लाह दिन्छन् ।
अनुमति शुल्कमा वृद्धि भए तापनि विश्वको सर्वोच्च शिखरमा पर्यटनको लहर निरन्तर बढिरहेको छ ।
गत वर्षको सेप्टेम्बरदेखि पर्वतारोहीहरूले एउटा अनुमतिका लागि १५,००० डलर तिर्नुपर्ने व्यवस्था गरिएको छ, जुन लामो समयदेखि कायम ११,००० डलरको शुल्कमा झन्डै एक दशकपछिको पहिलो वृद्धि हो ।
अभियान आयोजकहरूले भीडभाडको जोखिमलाई स्वीकार गरे पनि यसलाई व्यवस्थापन गर्न सकिने बताएका छन् ।
अस्ट्रियामा रहेको फर्टनबाक एड्भेन्चर्सका लुकास फर्टनबाकले रोयटर्स समाचार एजेन्सीलाई भने, ‘यदि टोलीहरूले पर्याप्त अक्सिजन बोकेका छन् भने यो ठूलो समस्या होइन ।’
आल्प्स पर्वत शृंखलाका केही हिमालहरूमा दैनिक हजारौं पर्वतारोहीहरू शिखरमा पुग्ने गरेको उनले थपे । ‘त्यसैले यो हिमाल १० गुणा ठूलो छ भन्ने कुरालाई ध्यानमा राख्दा २७४ वास्तवमा ठूलो संख्या होइन ।’
गत हप्ता शिखरमा पुग्नेहरूमा अनुभवी पर्वतारोहीदेखि सगरमाथामा पहिलो पटक पाइला टेक्नेहरू सम्म थिए र उनीहरूमध्ये धेरैले आफ्नो आरोहणसँगै नयाँ कीर्तिमानहरू पनि कायम गरे ।
आइतबार, प्रख्यात नेपाली हिमाल आरोही गाइड ५६ वर्षीय कामी रीता शेर्पाले ३२औं पटक सगरमाथाको सफल आरोहण गर्दै सबैभन्दा बढी पटक सगरमाथा चढ्ने आफ्नै विश्व कीर्तिमान तोडेका छन् ।
सोही दिन, ५२ वर्षीया ल्हाक्पा शेर्पा, जसलाई ‘माउन्टेन क्वीन’ भनेर पनि चिनिन्छ, उनले ११औं पटक सगरमाथाको शिखर चुम्दै महिला पर्वतारोहीका रूपमा सबैभन्दा बढी आरोहण गर्ने आफ्नो व्यक्तिगत कीर्तिमान भंग गरिन् ।
त्यस्तै, दुवै खुट्टा गुमाएका ३४ वर्षीय रुसी नागरिक रुस्तम नाबिएभले कृत्रिम खुट्टाको प्रयोग बिना नै बिहीबार सगरमाथाको शिखरमा पुग्न सफल भए । यद्यपि, यस आरोहण सिजनमा केहीको मृत्यु पनि भएको छ ।
ज्यान गुमाउनेहरूमा नेपालको पिछडिएको हिन्दु दलित समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो पर्वतारोही विजय घिमिरे पनि छन् । ३५ वर्षीय घिमिरेलाई लेक लाग्ने समस्या भएको समाचारहरूमा जनाइएको छ ।
त्यस्तै, २१ वर्षीय फुरा ग्याल्जेन शेर्पाको सोमबार क्याम्प ३ नजिकै हिउँमा चिप्लिएर खोंचमा खस्दा मृत्यु भयो भने अर्का गाइड ५१ वर्षीय लाक्पा डेन्डी शेर्पाको ३ मे मा बेस क्याम्प जाने क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्