नेभिगेशन
उपत्यका

सांसद सगरमाथामा

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाका सदस्य मिङ्मा डेभिड शेर्पाले बुधबार साँझ ५ः४० बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
    ‘सदनदेखि शिखरसम्म’भन्ने नाराका साथ आरोहणमा निस्किनुभएका शेर्पाले नवौँ दिनमा सगरमाथाको चुचुरोको सफल आरोहण गरेका थिए । सगरमाथाको सफल आरोहण गरेका उनी विहीबार अपराह्न काठमाडौँ आइपुगेका छन् ।
    शेर्पा विसं २०८२ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्