नेभिगेशन
अर्थतन्त्र

‘घरमा कजारिया’ अभियान सार्वजनिक

काठमाडौं । प्रिमियम होम एस्थेटिक्सको क्षेत्रमा अग्रणी नाम कजारिया रमेश टायल्स लिमिटेडले नयाँ र विशेष ब्रान्ड अभियान ‘घरमा कजारिया, सबैले सोध्ने नै भयो नि !’ आधिकारिक रूपमा घोषणा गरेको छ । यो देशव्यापी अभियान २०८३ जेठ ११ देखि सुरु हुँदैछ ।
चर्चित ब्रान्ड एम्बेसडरहरू रणवीर सिंह र रश्मिका मन्दाना आबद्ध यस अभियानले आफ्नै घर हुनुको गर्विलो क्षणलाई उजागर गरेको कम्पनीले दाबी छ । यसले विश्वस्तरीय कजारिया टायल्सको प्रयोगले कसरी जुनसुकै घरलाई पनि एक उत्कृष्ट स्टाइल स्टेटमेन्टमा रूपान्तरण गर्छ, जसले पाहुनाहरूको प्रशंसा र चासोलाई सजिलै आकर्षित गर्ने जनाइको छ ।
‘घर भनेको व्यक्तिको सफलता र अभिरुचिको प्रतिबिम्ब हो । हाम्रो नयाँ अभियान ‘घरमा कजारिया, सबैले सोध्ने नै भयो नि !’ ले घरमा आउने पाहुनाहरूले फ्लोर र वालको सौन्दर्य देखेर प्रशंसा नगरी रहनै नसक्ने सुखद क्षणलाई समेटेको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्