नेभिगेशन
अर्थतन्त्र

नेपाल बैंक र मेधर्म क्लिनिक्सबीच सम्झौता

काठमाडौं । नेपाल बैंक र मेधर्म क्लिनिक्सबीच सम्झौता भएको छ । नेपाल बैंकका ग्राहक र बैंकमा कार्यरत कर्मचारीले सुविधा पाउने गरी काठमाडौंको दरबारमार्गमा रहेको मेधर्म क्लिनिक्स्सँग सम्झौता भएको हो ।
सम्झौताअनुसार बैंकका ग्राहक र कर्मचारीले उपचार गर्दा लाग्ने शुल्कमा बिल रकमको १५ प्रतिशत छुट हुने व्यवस्था गरिएको छ । सम्झौता पत्रमा नेपाल बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र मेधर्मका प्रमुख कार्यकारी अधिकृत डा. अनुप सुवेदीले हस्ताक्षर गरेका छन् । नेपालभर २३१ शाखा, २४६ एटिएम र ६१ एक्सटेन्सन काउन्टर रहेको बैंकले करिब २७ लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्