नेभिगेशन
अर्थतन्त्र

एनआईसी एशिया बैंकको अध्यक्षमा अग्रवाल नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंकको सञ्चालक समिति अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त भएका छन् । बैंकको जेठ १८ मा सम्पन्न २८औं वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएका अग्रवाल चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त भएका हुन् ।
नवनियुक्त अध्यक्ष  अग्रवालले सोही दिन नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले नेपालको बैंक तथा वित्तीय क्षेत्र, बिमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पु¥याएका छन् ।
उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालीन योजनामा विश्वास राख्ने उनको कार्यकालमा उच्चतम उपलब्धिहरु हासिल गर्दै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पु¥याउने विश्वास लिइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्