नेभिगेशन
उपत्यका

करिब पाँच अर्ब वचत रकम फिर्ता गर्न छ हजार बढीको उजुरी

काठमाडौँ । काठमाडौँ महानगरपालिका  सहकारी विभागमा रु चार अर्ब ७७ करोड ४९ लाख २३ हजार बचत रकम फिर्ता गरी दिनका लागि छ हजार बढी वचतकर्ताले माग गरेका छन् ।    
    कामपा सहकारी विभागका अनुसार पछिल्लो समय कामपामा वचत रकम फिर्ता गरीदिनका लागि अत्यधिक माग आउन थालेको छ । कामपा सहकारी विकागका प्रमुख धु्रवकुमार काफ्लेका अनुसार उल्लेखित वचत रकम फिर्ताका लागि गत वैशाख १७ गतेदेखि हालसम्म आएको उजुरीको आधारमा भनिएको हो ।  
    प्रमुख काफ्लेका अनुसार, यसरी माग दाबी गर्ने बचतकर्ताहरूमा रु एक लाख देखि पाँच लाखसम्मको रकम रहेका बढी छन् । उक्त रकम फिर्ताका लागि छ हजार ३०० बचत कर्ताले उजुरी दिएको प्रमुख काफ्लेले जानकारी दिए । 
निवेदनका आधारमा उनले भने, ‘यसरी उजुरी दिनेमा  दैनिक ५०० देखि एक हजारसम्म गर्ने अर्थात साना रकम जम्मा गर्ने वचतकर्ताहरूको संख्या बढी रहेको छ ।’
    कामपाका अनुसार उजुरी आएकामध्ये साना वचतकर्ताको संख्या ७८ प्रतिशत छ । उजुरीकै आधारमा कामपाले गत सोमबार र मङ्गलबार गरी बुद्ध दर्शन सेभङि एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना वचतकर्ताको वचत रकम फिर्ता गरेको छ ।
    कामपा–६ मा सञ्चालित बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाले उक्त दिन रु एक लाख ५० हजारसम्म वचत गर्ने ७० जना वचतदाता सदस्यहरूलाई वचत रकम फिर्ता गरेको हो । सहकारीले आगामी १ महिनाभित्र रु पाँच लाखसम्म वचत गर्ने वचतकर्ताको रकम फिर्ता दिने योजना बनाएको विभागले जानकारी दिएको छ । 
    कामपाले ठूला वचतकर्ताका हकमा सहकारी विभागसँग समन्वय गरेर ऋणीहरूलाई ताकेता गर्ने र वचतकर्ताको वचत रकम फिर्ता गर्दै कार्य अघि बढाएको छ । सहकारी विभागले वचत फिर्ता र ऋण असुली दुवै प्रक्रियामा सहजीकरण गरिरहेको कामपा सहकारी विभागको भनाइ छ । विभागका प्रमुख  काफ्लेले वचत रकम फिर्ताका लागि गरिने सहजीकरण प्रक्रियाका विषयमा भन्छन्, ‘माग दाबीसहितको निवेदन लिन्छौँ । संस्थाका सञ्चालक र वचत फिर्ता माग गर्नेका बीच छलफल तथा मिलापत्र गराउने प्रयास गर्छौँ ।’
    वडास्तरको मेलमिलापबाट नटुङ्गिएमा विभागले मिलाउन प्रयास गर्छ । यस क्रममा संस्थाका सञ्चालक सम्पर्कमा आउन अटेर गरेमा कारबाहीका सिफारिस गरिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्