नेभिगेशन
मनोरञ्जन

विश्व साइकल यात्री पुष्कर शाहको सहभागितामा ‘अक्षरा’को साइकल र्‍याली

काठमाडौं । विश्व साइकल यात्री पुष्कर शाहको सहभागितामा नेपाली चलचित्र *‘अक्षरा’*को प्रचारप्रसारका लागि काठमाडौंमा साइकल र्‍याली आयोजना गरिएको छ।
कीर्तिपुरबाट सुरु भएको र्‍याली  बौद्ध रामनगर रामहिटीस्थित क्लब मण्डलामा पुगेर सम्पन्न भएको हो। चलचित्रको टिसर्ट लगाएका २५० भन्दा बढी साइकल यात्री र्‍यालीमा सहभागी भएका थिए।
विश्व साइकल यात्री पुष्कर शाहले र्‍यालीमा सहभागी हुँदै नेपाली चलचित्रको प्रवर्द्धनमा साथ दिएका थिए। र्‍यालीमा सहभागी साइकल यात्रीहरूले असोज २३ गते ‘अक्षरा’ हेर्ने र नेपाली चलचित्रलाई साथ दिने बताएका थिए।
कार्यक्रममा चलचित्रका निर्माता उग्रसेन ढुङ्गानाले ‘अक्षरा’ तपाईं–हामी सबैको घर–घरको कथा भएको बताए। उनले चलचित्रलाई आफ्नै कथा सम्झेर असोज २३ गते हलमा आएर हेर्न दर्शकलाई आग्रह गरे। साथै चलचित्र हेरिसकेपछि आफ्ना सल्लाह, सुझाव र प्रतिक्रिया दिनसमेत उनले आग्रह गरेका छन्।
र्‍यालीमा चलचित्रका कलाकार तथा निर्माण टोलीको समेत सहभागिता थियो। र्‍यालीको व्यवस्थापनमा त्रिलोचन न्यौपाने सक्रिय रहेका थिए भने महिला साइकल यात्रीहरूको व्यवस्थापनमा सुनिता गुरुङ र मोहन भट्टले समन्वय गरेका थिए।
चलचित्रका निर्देशक विनयराज पौडेलले ‘अक्षरा’लाई दर्शकमाझ पुर्‍याउने उद्देश्यले प्रचार अभियानलाई विभिन्न माध्यमबाट अघि बढाइएको बताए।
चलचित्रमा न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी त्रिलोचन न्यौपाने सुमन ज्योति न्यौपाने ( ल्याङ रि दादा)लगायत कलाकारको अभिनय छ।
असोज २३ गतेदेखि प्रदर्शनमा आउने ‘अक्षरा’लाई हलसम्म पुगेर हेरिदिन निर्माण पक्षले सबै दर्शकसँग विशेष आग्रह गरेको छ। आफ्नै समाज, परिवार र घर–घरमा देखिने कथासँग जोडिएको चलचित्र भएकाले एकपटक चलचित्र हेरेर कलाकार तथा निर्माण टिमलाई हौसला प्रदान गर्न र चलचित्र हेरिसकेपछि आफ्ना सल्लाह–सुझाव तथा प्रतिक्रिया दिन पनि निर्माण पक्षले दर्शकलाई अनुरोध गरेको छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्