नेभिगेशन
अर्थतन्त्र

नेपाल भूमि बैकको साधारण सभा सम्पन्न

काठमाडौँ । कृषि तथा भूमि सम्वन्धि निति नियम तथा उपयोग र वितरणलाई व्यवस्थित गरी आर्थिक विकास गर्ने उद्धेश्यले नेपाल भूमि बैक लिमिटेडको स्थापना भएको छ । कृषि क्षेत्र र कृषि उत्पादन तथा बजारलाई व्यवस्थित गरी किसान तथा उपभोक्ता सम्म आफनो सेवा प्रभावकारी पु्र्याउने नीति अनुरुप बैकले काम गरेको सो बैकका व्यवस्थापक तथा संचालकहरुले बताएका छन् । 
बुधबार नेपाल भूमि बैक लिमिटेडको सम्पन्न साधारण सभामा सो बैक संचालक तथा कृषि क्षेत्रका विज्ञहरुले सो कुरा बताएका हुन् ।  अधिकृत पूँजी २५ करोडबाट स्थापना भएको सो बैकले न्यूनतम अवधि भित्र आइपियो जारी गर्ने जनाएको छ । बैकले कृषिबाट उत्पादित वस्तुको उचित बजारीकरणका लागि राष्ट्रिय खाद्य बैकसंग समन्वय गरी बजार विस्तार गनेै र कृषि क्षेत्रको विकासमा केन्द्रित रहने राष्ट्रिय खाद्य बैकका संस्थापक अध्यक्ष शंकरनाथ उप्रेतीले बताए । कृषि क्षेत्रबाट उत्पादित बस्तुको बजारीकरण र कृषकको आर्थिक अवस्थाको सुधार गर्न बैकले सहयोग गर्ने संस्थापक उप्रेतीले बताए । सो बैकका अध्यक्ष पवित्रा कुमारी पोखरेलले बैकले स्थापनाको समय देखि नै बैकको उदेश्य र लक्षित समूहलाई प्राथमकिता दिएर काम गरेको बताउँर्दै बैकले कृषि क्षेत्रको विकासको लागि स्थानीय तहहरुसंग समन्वय गरिहेको बताए । बैकको साधारण सभामा भूमि बैकका संरक्षक प्रा.डा. जगदिश वैध, काडमाडौ महानगरपालिकाका रामप्रसाद सापकोटा, भूमि विज्ञ मुकु्न्द प्रसाद दाहाल, भूमि विज्ञ डिल्ली दहाल, राष्ट्रिय खाद्य बैकका महाप्रवन्धक काशीनाथ श्रेष्ठ, बैकका सल्लाहकार प्रा.डा.जीवनाथ धिताल, बैकका कार्यक्रम संयोजक हरिकृष्ण दाहाल लगायतको बक्ताहरुले भूमि बैकको उद्धेश्य र आवश्यकताको चर्चा गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्