नेभिगेशन
उपत्यका

सेफ सन्तोष साह पक्राउ

काठमाडौं । प्रसिद्ध सेफ सन्तोष साह पक्राउ परेका छन् । चेक अनादर तथा ठगी कसुरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई शुक्रबार राति जनकपुरधामको रामानन्द चोकबाट पक्राउ गरेको हो । 
सेफ सन्तोष साहलाई पक्राउ गरेको छ । सिरहाको कर्जन्हा–११ का ४१ वर्षीय साह र मिथिला थाली रेस्टुरेन्टमा उनका साझेदार कर्जन्हा–९ का ५८ वर्षीय नारायण साह सुडीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला अदालत काठमाडौंको अनुमतिमा साहद्वयलाई पक्राउ गरी आज काठमाडौं ल्याइएको एसपी सरतकुमार थापाक्षेत्रीले बताए । 
साहमाथि गैरीधारास्थित एक रेष्टुराँ खरिद गर्दा चेक अनादर ठगी कसुरमा कार्बाहीका लागि जाहेरी परेको थियो । जिल्ला अदालत काठमाडौंको अनुमतिले दुवैलाई पक्राउ गरिएको हो । मिथिला थाली चेन रेस्टुरेन्टका रुपमा सञ्चालनमा छ । शकुन्तला अधिकारी थापाको जाहेरीका आधारमा दुवै जना पक्राउ परेका हुन् । साहद्वयविरुद्ध ठगी कसुरको जाहेरी परेको थियो । काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गौरीधारास्थित एक रेस्टुरेन्ट खरिद गर्दा तोकिएको रकम नतिरेको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ। रेस्टुरेन्ट खरिदको १ करोड ३० लाख रुपैयाँमा भुक्तानीका लागि दिइएका केही चेकसमेत सटही नभएको भन्दै पीडित पक्षले उजुरी दिएको थियो । साहलाई अब सोमबार मात्र अदालत पेस गर्ने तयारी छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्