नेभिगेशन
उपत्यका

वैदेशिक रोजगारीको लोभमा ठगी आरोपित सात पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं–१६ बस्ने अर्घाखाँचीका २८ वर्षीय सन्तोष अधिकारी, काठमाडौं–३ बस्ने दाङका २९ वर्षीय हेमन्त केसी,  बुढानिलकण्ठ–११ बस्ने सुनसरीका ४२ वर्षीय सुकदेव राई, ३४ वर्षीय मनिष पोदार, काठमाडौं–१६ बस्ने रूपन्देहीका ४७ वर्षीय रामरतन मिश्र, टोखा बस्ने कास्कीका ३९ वर्षीय अमृत अधिकारी र काठमाडौं–२६ बस्ने रौतहटका ३५ वर्षीय मिर इसलामाना छन् ।
सन्तोषले १० लाख, हेमन्तले १३ लाख ३० हजार, सुकदेवले १३ लाख, मनिषले २ लाख, रामले २ लाख ३० हजार, अमृतले ३ लाख ५० हजार र मिरले १२ लाख ६३ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्