नेभिगेशन
प्रदेश

सीके राउतलाई २४ घण्टाभित्र अध्यक्षबाट राजीनामा दिन दबाब

सप्तरी, १ असोज - राजविराज । जनमत पार्टीभित्र नेतृत्व परिवर्तनको माग उठेको छ । वरिष्ठ उपाध्यक्षसहितका नेताले बुधबार अध्यक्ष सीके राउत र संगठन विभाग प्रमुख जयकान्त राउतलाई पत्राचार गर्दै २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका छन् । सीके र जयकान्त दाजुभाइ हुन् ।

नेतृत्व परिवर्तनको माग गर्ने पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक सञ्जयकुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका केन्द्रीय संयोजक सिके सिंह, सुदूरपश्चिमका वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रमबहादुर बम रहेका छन् ।

जेनजी आन्दोलनले मुलुकभर व्यापक राजनीतिक हलचल ल्याएसँगै पार्टीले आत्मसमीक्षा गर्दै नयाँ नेतृत्वको आवश्यकता रहेको जनाउँदै २४ घण्टाभित्र स्वेच्छिक राजीनामा दिन दबाब दिइएको हो ।

पार्टीभित्र नेतृत्वको कार्यशैली प्रति असन्तुष्ट समूहले पार्टी विचार, उद्देश्य र कार्यकर्ताको मर्मअनुसार अगाडि बढ्न असफल भएको निष्कर्ष निकाल्दै नेतृत्व परिवर्तनको माग गरेका हुन् ।

नेताहरूले अध्यक्ष सीके राउतलाई राजीनामा दिएर पार्टीलाई थप लोकतान्त्रिक, जवाफदेही र जनउत्तरदायी बनाउन मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्