नेभिगेशन
शिक्षा

शिक्षा तथा समाजसेवी सोनामछिरिङ लामाको निधन

काठमाडौँ । मुगुको मुगुम कर्मारोङ गाउँपालिका २ मुगु गाउँमा जन्मिएर विकट तथा विपन्न परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षाको अभियान शुरु गरेका कैलाश बोधी माध्यमिक विद्यालयका संस्थापक शिक्षा तथा समाजसेवी सोनाम छिरिङ लामाको निधन भएको छ ।
कर्णाली प्रदेशको मुगु, हुम्लाबाट शिक्षाको विकासको अभियान शुरु गरी काठमाडौ‌ बौद्ध सुविगाँउ, सिमलटार रामनगरमा  कैलाश बौधी माध्यामिक विद्यालय स्थापना गरेका संस्थापक अध्यक्ष लामाको ८१ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।
कर्णालीका विभिन्न क्षेत्रमा शिक्षाको विकासमा समर्पित रहेका लामाले स्थापना गरेको कैलाश वोधी माध्यमिक विद्यालय बौद्ध क्षेत्रमा प्रसिद्ध विद्यालयको रुपमा परिचित छ । भदौ ९ गते शिक्षासेवी लामाको निधन भएको थियो भने उनको बौद्ध परम्परा अनुसार भदौ १९ मा टेकुस्थित पचलीघाटमा अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ । स्वर्गीय लामाले मुगुबाट आएर बौद्ध क्षेत्रमा स्कूल स्थापना गरेर महत्वपूर्ण योगदान गरेको स्थानीयले बताएका छन् । संस्थापक सोनाम लामाप्रति अन्तिम श्रद्धाञ्जली कैलाश बोधी स्कूलको प्राङ्गणमा शिक्षक शिक्षिका, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीले गरेका थिए । 
उनको निधनको भोलिपल्टै भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट उनकी धर्मपन्ती साँमु लामा, उनकी छोरी तथा कैलाश बोधी स्कूलकी संस्थापक पिन्सिपल कर्मा छेजुम लामा र प्रिन्सिपल लामाका श्रीमान् ज्याम्पल लामा र आमा सम्पर्कविहीन छन् । 
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले कैलाश बौधी स्कूलका संस्थापक प्रिन्सिल लामा र उनका परिवार मानसरोवर धार्मिक तिर्थाटनका लागि गएर फर्किने क्रममा भदौ १० भोटेकोशीमा आएको विनाशकारी बाढीमा हराइरहेको हुँदा उनको परिवार तथा कैलाश वोधी स्कूल, विद्यार्थी तथा अभिभावकहरुले खोजी गर्न सरकारसँग माग समेत गरेका छन् ।  विस २०५० सालमा स्थापना भएको कैलाश बोधी स्कूलेले बौद्ध सुविगाउँ, सिमलटार, रामहिटी, तीनचुले, आरुवारी तथा कपन फैका लगायतका क्षेत्रमा शिक्षाको विकासमा महत्वपूर्ण योगदान गर्दै आएको छ ।
शिक्षाको विकासमा समर्पित शिक्षासेवी तथा समाजसेवी सोनाम धामी लामाको परिवारले शिक्षा र समाजसेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्थानीय बताउँछन् । 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्