नेभिगेशन
प्रदेश

कैलाली कारागारका २ सय ९२ कैदी अझै फरार

कैलाली, २१ असोज - जेनजी आन्दोलनको क्रममा भदौ २४ गते जिल्ला कारागार कैलालीबाट भागेका मध्ये दुई सय ९२ कैदी अझै फरार रहेका छन् । भागेका ६ सय ६५ कैदी मध्ये तीन सय ६५ जना भने कारागार फर्किएका छन् ।

कारागार प्रशासनले फरार रहेका सबै कैदीलाई असोज २० गते सम्म कारागार फर्कन भन्दै सूचना जारी गरेको थियो । तर पनि यो अवधीसम्म आधा कैदी फर्किएका छन् । कैलाली कारागारमा ५८ महिला र छ सय आठ पुरुष गरी जम्मा ६ सय ६६ जना कैदी रहेका थियो । 

उनीहरूमध्ये भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा ६०७ पुरुष र ५८ महिला भागेको थिए । उनीहरू मध्ये ३६ जना महिला र दुई सय २९ जना पुरुष जिल्ला कारागार कैलाली फर्किएका छन् ।

यस्तै कैलाली कारागारबाट भागेका सात जनाले अन्य कारागारमा आत्मसर्पण गरेको र एक जना बृद्धले आफ्नै घरमा गएर झुण्डीएर आत्महत्या गरेको कैलाली कारागारका निमित्त जेलर ज्ञानेन्द्र ओझाले बताए ।

यस्तै विभिन्न मुद्दामा कैलाली कारागारमा सजाय काटिरहेका २१ भारतीय कैदी मध्य दुई जना मात्रै कारागार कैलाली कारागारले जनाएको छ । अन्य फरार रहेको र खोजिकार्य भइरहेको निमित्त जेलर ओझाले बताए । 

यस्तै कारागार व्यवस्था विभागले असोज २० गते सम्मको समय दिएर कारागारमा सम्पर्कमा आउने भनेको थियो । यो समयमा सम्पर्कमा आए थप सजाय नहुँने बताएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्