नेभिगेशन
प्रदेश
सप्तरी

प्रहरीकै अगाडि अस्पतालमा तोडफोड

सप्तरी । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण अस्पतालमा प्रहरी अगाडिमै तोडफोड गरिएको छ । अस्पतालमा प्रहरीको बाक्लो सुरक्षाका बीच नै १०/१५ जना युवाहरुको समूहले आगजानी तथा तोडफोड गरेका हुन् ।

आइतबार बेलुका चार बजे एनआइसीयु वार्डको बल्ब (चिन) झरेर अस्पतालमा भर्ना गरिएका बालकलाई लागेको थियो । रूपनी गाउँपालिका हर्दियाकी रेखा यादवका छोरा माथि बल्ब खस्दा बालकको टाउको र हात पोलेको थियो । यसपछि उनलाई थप उपचारका लागि धरान पठाइएको अस्पताल प्रशासनले जनाएको छ ।

त्यसपछि आएको एउटा समूहले अस्पतालमा विवाद गर्ने प्रयास गरेको थियो । आक्रोशित युवाहरुमध्ये एक जनाले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट दिलिप साहलाई हातपातको प्रयास समेत गरेको पीडित साहले बताए । 

त्यसपछि व्यापक प्रहरी परिचालन गरिएको थियो । यसपछि अझ बढी भीड जम्मा हुँदै अवस्था आराजक हुन पुग्यो ।

अराजक भिडले अस्पतालको एनआइसीयु वार्ड तथा इमर्जेन्सीको ल्याबमा तोडफोड गरेको थियो । पछि एक्सनमा आएको प्रहरीले उनीहरुलाई लखेट्न खोजेपछि ढुंगामुढा प्रहार गरिएको थियो । त्यसपछि सशस्त्र प्रहरीको सहयोग लिँदै नेपाल प्रहरीले स्थिति नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले बताए । 

प्रहरीले अस्पतालमा उपद्रव गर्ने राजविराज नगरपालिका ४ का विनित चौहान, उदय ठाकुर, विष्णुपुर गाउँपालिका–६ परमेश्वर यादव र उनका छोरा रमण यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी गौतमकुमार केसीले जानकारी दिए ।

यता अस्पताल प्रशासनले सुरक्षाको प्रत्याभूति नभएसम्म अत्यावश्यक सेवा प्रवाहबाहेक अन्य सबै सेवा ठप्प गरेको अस्पताल प्रशासनले सूचना जारी गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
सिमरामा ‘कर्फ्यु’

सिमरामा ‘कर्फ्यु’

अनुदानका मल फालेर फरार

अनुदानका मल फालेर फरार

किराले नष्ट भए सुन्तला

किराले नष्ट भए सुन्तला